Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आन्दोलन जारी छ - सुन ब्यावशाही

कपिल ज्ञवाली   बुटवल, २ असार-  सरकारले सुंनचादी व्यवसायीहरु माग नसुनी एकतर्फी रुपमा अगाडि बढेको भन्दै आफुहरुको आन्दोलन यथावत रहेको रुपन्देहीका ब्यवसायिहरुले बताएका छन् ।


नेपाल सुनचादी ब्यवसायि संघ रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गरि आफुहरुले सुनमा ठगि नगरेको दावी गर्दै ठगिको आरोपमा मुद्धा चलाइएको भन्दै आपत्ति समेत जनाएका छन् । बुधबारदेखि सुनपसल बन्द गरेर आन्दोलन थालेका ब्यवासयिहरुले शुद्ध र गुणस्तरीय सुन नै विक्री गरेको दावी गर्दै आएका छन् । पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समिति रुपन्देहीका प्रवत्ता एमबि विश्वकर्माले सुन ब्यवसायलाई मर्यादित बनाउ कोसि गरिएको बताउदै आफुसहरुले बेचेको गहना नियमअनुसारकै भएको भन्दै ब्यवसायको बचाउ गर्नुभयो ।

उहाले आफुहरुले गहना बेच्ने र त्यसमा डिजाईन समेत हुने भएकाले उपभोक्ताले किन्दा र बेच्दा मूल्यमा अन्तर आएको बताउनुभयो । बुटवल शाखाका अध्यक्ष दीपक विकले पनि आफुहरुको संलग्नता विना राज्यले ल्याएको निर्देशि आफुहरुलाई मान्य नहुने बताउदै आन्दोलन निरन्तर जारी रहेने बताउनुभयो । अर्का ब्यवसायि रेवन्त विश्वकर्माले स्पष्ट निति बनाउन जरुरी रहेको बताउनुभयो । नेपाल सुनचांदी व्यवसायी महासंघ र नेपाल सुनचांदी रत्न तथा आभुषण महासंघ संयुक्त रुपमा आन्दोलन गरिरेहका छन् ।

 उनीहरुले मापदण्ड नै नभएको अवस्थामा सुंनचांदी व्यवसायीहरुलाई मापदण्ड पुरा नगरेको भन्दै मुद्धा चलाएको र हाल आएर व्यवसायीहरुको प्रतिनिधित्व विना नै एकपक्षिय रुपमा निर्देशिका जारी गरेकोले आन्दोलन गर्नु परेको बताए । रुपन्देहीका सुनपसल विगत ५ दिनदेखि बन्द हुदा उपभोक्ताहरु मारमा परेका छन् ।

0 comments

तपाईंको प्रतिकृया