Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अब के हुन्छको मुहर्त सम्पन्न

  पाल्पा ११ असार .  समाजमा रहेका बिकृती बिशंगतीहरुलाई मुख्य बिशय बनाएर हास्यब्यंग टेलिचलचित्रको निर्माण हुने भएको छ ।

 मिमिक एक्ट सेन्टर तानसेन पाल्पाले निर्माण गर्न लागेको टेलिचलचित्र अब के हुन्छ को आईतबार तानसेनको अमरनाराणयण मन्दिरमा शुभ मुहुर्त सम्पन्न भएको छ । शनिबारबाट सुटिंग आरम्भ हुने टेलिचलचित्र अब के हुन्छ स्थानिय श्रीनगर टेलिभिजनबाट प्रशारण हुने छ ।

 शुभ मुहुर्त कार्यक्रममा बोल्दै पाल्पाका पुराना कलाकार चिरन्जिवी ढुंगानाले श्रब्य दृश्यका माध्यमबाट सामाजिक चेतना बृद्धीमा सो चलचित्र महत्वपुर्ण साबित हने बताए । अनुशासन, लगनशिलता र काम प्रतीको ईमान्दारिता कलाकारको सबै भन्दा महत्वपुर्ण गहना भएको उनको भनाई थियो ।

 त्यसै गरी कार्यक्रममा चलचित्रका सल्लाहकार राजेश्वर उदयले देशमा ब्याप्त बेरोजगारी समस्या र त्यसबाट समाजमा पर्ने गरेका असरहरुलाई चलचित्रले पर्दामा उतार्नु पर्ने बताए । समाज परिर्बतनमा युवाहरुको भुमिका अहम हुने बताउदै उदयले कलाकारीताको माध्यमबाट समाजिक सचेतना फैलाउने गरी चलचित्रले आफना बिशय बस्तु केन्द्रित गर्न सुुझाब दिए । शनिबारबाट सुटिंग शुरु भई छिट्टै प्रशारण आरम्भ हुने टेलिचलचित्र अब के हुन्छ मा पाल्पाका पुराना कलाकारहरु चिरन्जिवी ढुंगाना, चित्रवलीराम सुवाल ( चिचि समुह) पाल्पाका चर्चित कलाकार किरण चित्रकार, नन्दा पचभैया, मिनुज राना, भक्त रोक्का, अन्जु थापा लगाएतका कलाकारहरुको मुख्य भुमिका रहने छ ।

 टेलिचलचित्र अब के हुन्छ मा रामचन्द्र कुँवरको छायांकन, सन्तोष बस्यालको सम्पादन, भक्त रोक्काको लेखन र मिनुज रानाको निर्देशन रहने छ ।

0 comments

तपाईंको प्रतिकृया