लागु औषधको लतमा विद्यार्थिहरु फसें
भैरहवा , असार १२ । लागु औषधको दुव्र्यसनीमा विद्यार्थिहरु फस्ने गरेको सरोकारवाले जनाएका छन् ।
बुधवार भैरहवामा आयोजित एन्टी ड्रग अएरनेस प्रोग्राममा प्रशिक्षण दिदै लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी मिङमारा लामाले विद्यालय तहका विद्यार्थिहरु उमेरको अपरिपक्कवताकारण साथिहरुको लहलहैमा लागेर दुव्र्यसनीको शिकार भएकोमा चिन्ता प्रकट गर्दै यस तर्फ सजग भएमा लागु औषध प्रयोग कर्ताको दर पनि अधिकांश घटने उनले जनाएका छन् ।सिद्धार्थ जेसीजको आयोजनामा भैरहवाको जेसीज किन्डर गार्टेन स्कुलमा आयोजित उक्त कार्यक्रममा डिएसपी राजकुमार बैदवारले लागु औषध सम्बन्धि व्यवहारिक पक्षबारेमा प्रशिक्षण दिएका थिए । मनोज भण्डारीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा सिद्धार्थ जेसीजका अध्यक्ष पवन पौडेल, सिद्धार्थ लेडी जेसीजकी ज्ञानेश्वरी श्रेष्ठ, सिद्धार्थ जेसीजको सल्लाहकार दिपेन्द्रमान श्रेष्ठ, जेसीज हाइ स्कुलका प्रीन्सिपल हिरा गुरुंग, आस्था समुह बुटवलका नविन पुन,हिमाल राना र गोपाल बन्जाडे लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जेसीज हाइ स्कुलका विद्यार्थिले प्रशिक्षण लिएका थिए ।

0 comments
तपाईंको प्रतिकृया