‘राते काइँला’ बलिउडमा
काठमाण्डौ ३१ जेठ । नेपाली अभिनेता सुनिल थापा बलिउड निर्देशक संजयलीला भन्सालीले निर्देशन गर्न लागेको बायोपिक सिनेमा ‘मेरी कोम’मा अनुबन्धित भएका छन् ।लोकप्रिय अभिनेत्री प्रियंका चोपडाको को–स्टारका रुपमा ‘राते काइँला’ले अभिनय गर्न लागेका हुन् । चाँडै छायांकन सुरु हुने सिनेमाका लागि सुनिल यतिबेला मुम्बइमा छन् । सोमबार निधन भएका प्रियंकाका पिता अशोक चोपडाको अन्तिम संस्कारका लागि पनि सुनिल सेतो वस्त्रमा आर्यघाट पुगेका थिए । हालैको लन्डन ओलम्पिकमा रजत पदक जितेकी भारतीय महिला बक्सिङ खेलाडी मेरी कोममाथि सिनेमा बन्न लागेको हो । सिनेमामा प्रियंकाले मेरीको भूमिकामा अभिनय गर्दैछिन् ।
सुनिलले सिनेमामा प्रियंकाका बक्सिङ गुरु लालब्वाइको चरित्र चित्रण गर्ने भारतीय संचारमाध्यमले जनाएका छन् । पर्दामा सुनिलले प्रियंकालाई बक्सिङको तालिम दिनेछन् । नेपाली सिनेमा र टेलिभिजनका लोकप्रिय अभिनेता सुनिल पछिल्लो समय मुम्बइमा व्यस्त छन् । सिनेमाका लागि धेरैजनाबाट लिइएको अडिसनमा सुनिल छनौट भएको जनाइएको छ । केही समयपछि नेपाल आएर यसबारे नेपाली मिडियालाई जानकारी दिने सुनिलले बताए ।
whithimal tv

0 comments
तपाईंको प्रतिकृया