मानवअधिकारको प्रत्याभुती घरभित्रैबाट हुनुपर्छ - पाठक
नरेश के सी भैरहवा १३ असार । नेपाल मानव अधिकार संगठनका राष्ट्रिय अध्यक्ष सुदीप पाठकले घरभित्रैबाट मानव अधिकारको प्रत्याभुती नभएसम्म वास्तविक मानव अधिकारको ग्यारेन्टी गर्न नसकिने जनाएका छन् ।विहीबार भैरहवामा नेपाल मानव अधिकार संगठन रुपन्देहीद्धारा आयोजित घरघरमा मानव अधिकार विषय्क छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकारवादी पाठकले घरमा रहने बालबालिका, महिला तथा बृद्धबृद्धालाई सर्वप्रथम मानव अधिकारको प्रत्याभुत गर्नु आजको आवश्यक्ता भएकोमा जोड दिएका थिए । उनले राज्यले मानव अधिकारको प्रत्याभुत गर्न नसकेकोमा चिन्ता पनि व्यक्त गरेका थिए ।
कार्यक्रममा रुपन्देहीका सिडिओ बालकृष्ण पन्थिले पेशागत पृष्ठभुमीमा भन्दा मानविय पक्षमा बढी ध्यान केन्द्रित गर्दै काम गरेमा मानव अधिकारको रक्षा हुने बताएका थिए । उक्त अवसरमा नागारिक अगुवा बालकृष्ण भट्टाराईले संस्थागत रुपमा मानवअधिकारको हनन भएकोमा चिन्ता व्यक्त गरेका थिए । वरिष्ठ प्रहरी उपरिक्षक मिङमार लामाले अनुसन्धान पद्धतीमा परिवर्तन गरि काउन्सींग प्रक्रिया अपनाएमा यातना कम हुने र यातना कम भएमा मानव अधिकारको रक्षा हुनेमा जोड दिएका थिए ।
उक्त अवसरमा सीमा सुरक्षा बलका प्रमुख एसपी भीम बहादुर थापा, प्राध्यापक चन्द्रप्रसाद रेग्मी, डा. शम्भु कुमार गुप्ता, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सहसचिव टिपी भुसाल, कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाक लगायतले बोल्दै जबसम्म घरभित्रै मानवअधिकारको प्रत्याभुत हुदैंन तबसम्म बाहिर मानव अधिकार खोजेर नपाइने तर्क राखेका थिए ।
संगठनका जिल्ला संयोजक सुदर्शन प्रसाद नेपालको संयोजकत्व तथा पवन पौडेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा संगठनका केन्द्रिय सदस्य विनोद कार्कि, रुपन्देही प्रहरी प्रमुख हरि बहादुर पाल, प्राध्यापक प्रसादमणी आचार्य दीक्षित, व्यवसायी, रामकुमार शर्मा, अधिवक्ता लोकनाथ पन्थ, शंकर पन्थि, रुपमा हिराचन, लगायत प्राध्यापकहरु, उद्योगी व्यवसायी, राजनैतिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी लगातयले मानव अधिकारको विषयमा जिज्ञासा राखेका थिए भने सहभागीबाट उठेका जिज्ञासाको जवाफ मानवअधिकारवादी पाठकले दिएका थिए ।

0 comments
तपाईंको प्रतिकृया