Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अपमान गरेको भन्दै कार्यक्रम बहिस्कार

रेखिराम राना  पाल्पा १४ असार । जिल्लाका साना पाँच राजनीतिक दलले दलीय वर्गीकरण गरेर अपमान गरेको भन्दै कार्यक्रम बहिस्कार गरेका छन् ।

शान्ति समिति इकाई फोरम काठमाडौँले शुक्रबार तानसेनमा गरेको द्वन्द्व समाधानमा राजनीतिक दल तथा नागरिक समाजको भूमिका विषयक गोष्ठी दलहरूले बहिस्कार गरेका हुन् । कार्यक्रम आयोजकले राजनीतिक दललाई वर्गीकरण गरी भेदभाव गरेको भन्दै नेकपा–माओपादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा (एकीकृत)ले कार्यक्रम बहिस्कार गरेका हुन् ।

कार्यक्रम आयोजकको व्यवहारले राजनीतिक दललाई भेदभाव गरेर दलीय सम्बन्ध बिगार्ने र द्वन्द्व बढाउने पाँच राजनीतिक दलको ठहर छ । उनीहरूले प्रेस विज्ञप्ति जारी गर्दै आयोजकको निच प्रकारको व्यवहारप्रति आपत्ति समेत प्रकट गरेका छन् । आयोजकले साना दलको वर्गीकरण गर्ने अधिकार नभएको र भेदभाव पूर्ण व्यवहार प्रदर्शन गरेकाले कार्यक्रम बहिस्कार गरेको राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले बताउनुभयो । शान्ति इकाई समितिका कार्यक्रमका कोर्डिनेटर धु्रव वाग्लेले भने दलको वर्गीकरण गर्ने प्रक्रिया सही भएको भन्दै आवेगमा बहिस्कार गरेको बताउनुभयो । उहाँले निर्वाचन सफल बनाउन र शान्तिपूर्ण समाज निर्माण गर्न सबै पक्षको सहभागिता जरुरी रहेको बताउँदै प्रतिनिधि धेरै थोरैले कार्यक्रम नै बहिस्कार गर्न नहुने बताउनुभयो । तर नेकपा–माओवादी पाल्पाकी प्रतिनिधि पार्वती विश्वकर्माले भने ठूला साना दलको भागवण्डा गर्ने अधिकार आयोजकलाई नभएको बताउनुभयो ।

सानो ठूलो दलको वर्गीकरण गर्ने अधिकार कुनैपनि संस्थालाई छैन राष्ट्रिय जनमोर्चा पाल्पाका सचिव विशाल दर्लामीले भन्नुभयो एनजिओ आइएनजिओले जनताको प्रतिनिधि नभएको बेलामा हैसियत मापन गर्ने होइन । कार्यक्रममा एमाओवादी, कांग्रेस र एमालेका तर्फबाट छ÷छ जना, नेकपा–माओवादीबाट चार, जनमोर्चाबाट दुई, राप्रपाबाट दुई, जनमुक्तिबाट २, र नेकपा एकीकृतबाट एक जना प्रतिनिधि बोलाइएको थियो । गोष्ठीमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिनिधि भने सहभागी भएका थिए ।

0 comments

तपाईंको प्रतिकृया