Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बन्द सफल बनाउन मशाल जुलुस प्रर्दशन

अमृत अधिकारी  पाल्पा, १ असार-   नेकपा– माओवादी पाल्पाले आइतवारको नेपाल बन्दको पूर्व सन्ध्यामा पाल्पामा मसाल जुलुस प्रर्दशन गरेको छ ।

पार्टी सम्पर्क कार्यालयबाट सुरु भएको मसाल जुलुशले नगर परिक्रम गरेर तानसेनको आन्दोलनचोकमा कोण सभा समेत गरेको थियो । कोण सभामा प्राध्यापक तथा बुद्धिजिवि संगठनका केन्द्रीय सदस्य गणेश पाण्डेले नेपाली नै नहुने अवस्थामा गर्ने भनिएको चुनाव नेपाली जनतालाई धोका बाहेक केही नुहुने बताउनु भयो ।

 अहिलेको अवस्थामा निरदलिय सरकार गठन गरेर ४० लाख विदेशीलाई नागरिकता बाड्न थालिएको छ, यसले मुलुकको सार्भभौमसता र राष्ट्रिय स्वाधिनतामा माथीको गम्भिर प्रहार हो उहाँले भन्नुभयो निरदलिय सरकारको खारेजी नहुँदा सम्म दलको नेतृत्वमा चुनावी सरकार गठन गरि सबै दलको सहमतीमा बनेको सरकारले गराएको चुनावमा मात्र आफ्नो पार्टी सहभागी हुने उहाँले बताउनु भयो ।

कार्यक्रममा नेकपा– माओवादी नगर इन्चार्ज पार्वती विक सामनाले जनताको पक्षमा लड्को पार्टीले जनताको अधिकार रक्षाका लागि बाध्य भएर बन्द आव्हान गर्नु परेको बताउनुभयो । उहाँले चार दल र सरकारले गरेको असंवैधानिक कदमको विरोध स्वरुप पार्टीले आन्दोलन गरेको र यसमा मोर्चा बन्दी हुन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा जनकलाकार संघ पाल्पाका सदस्य पूर्ण बहादुर रानाले जनवादी गित प्रस्तुत गर्नु भएको थियो ।

राष्ट्रिय युवा जनस्वयम्सेवक पाल्पाका सहसंयोजक यशकुमार गरंजा र अखिल क्रान्तिकारीका उपाध्यक्ष राजकुमार पन्थीले कार्यक्रमको संचालन गर्नु भएको थियो । कार्यक्रममा नेकपा–माओवादी निकटका १ सय ५० कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

0 comments

तपाईंको प्रतिकृया