जनस्वाथ्यमा धर्ना र नारा जुलुस
नरेश के सी भैरहवा १३ असार । जिल्ला जनस्यास्थ्य कार्यालय रुपन्देहीमा यौन दुव्र्यवहारको आरोप लागेका कार्यालय प्रमुख महेश्वर श्रेष्ठलाई पद मुक्त गर्नु पर्ने माग राख्दै विहिवार एनेकपा माओवादीले कार्यलय परिसरमा धर्ना र विरोध सभा गरेको छ ।विरोध सभालाई सम्बोधन गर्दै एमाओबादीका केन्द्रिय सल्लाहकार बिनोद उपाध्यायले यौन आरोप लागेका कार्यालय प्रमुखलाई राज्यले कार्बाहीका सट्टा संरक्षण गरेको आपत्ति प्रकठ गर्दै त्यस्ता घृणित कार्यमा अग्रसर व्यक्तिलाई जनतासंग प्रत्यक्ष सरोकार राख्ने कार्यलयको प्रमुखको रुपमा स्वीकार्न कदापी नसिकने बताएका छन् । जनस्यास्थ्य कर्मी संघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवालीले कार्यालय प्रमुखले यौन हिंसाको आरोप लाग्दा लाग्दै पनि मन्त्रालयले कुनै कार्बाही नर्गनु लज्जास्पद भएको जनाए । सिएमए संघका अध्यक्ष गोपाल खनाले समेत कार्यालय प्रमुख श्रेष्ठ बिगत देखीनै नराम्रो आचरण भएको हुनाले धेरै जिल्ला बाट लखटिनु परेको उदाहरण दिदै त्यस्ता यौनदुराचारीलाई हाकिम भनेर कदापी स्वीकार्न नसिकने जनाएका छन् ।
विरोधसभामा वाइसिएल नेपालका जिल्ला संयोजक संदिप चापागाई,नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष शोभाकान्त नेपाल,राष्ट्रिय कर्मचारी संघका जिल्ला अध्यक्ष प्रमोद ज्ञवाली लगाएतले कार्यालय प्रमुख श्रेष्ठको यौन हिंसाको निष्पक्ष छानबिन गर्नु पर्ने माग राख्दै आआफ्नो मन्तव्य राखेका थिए । उनीहरुले स्थानीय प्रसासनले भ्रष्ट कार्यलय प्रमुखको पृष्ठपोषण गरेको भन्दै स्थानिय प्रसासन प्रति पनि आक्रोस व्यक्त गरेका छन् । कर्मचारीहरुले यौन घटनामा मुछिएका कर्मचारीको प्रतिबेदन सत्य तथ्य रुपमा बाहीर आउनुपर्ने भन्दै दुबै कर्मचारीलाई छानबिन समितिको प्रतिबेदन नआउदा सम्म जिम्मेवारबाट समेत मुक्त गर्नु पर्ने माग राख्द दुईदिनदेखी धर्नामाबसेका हुन् ।
यता यौन हिंसामा परेकी महिला मोहन तारा पछाइले विहिवार नेपाल मानव अधिकार संगठनका राष्ट्रिय अध्यक्ष सुदीप पाठकलाई भेटी आफुलाई कार्यलय प्रमुखले यातना दिएको भन्दै मौखिक र लिखित रुपमा उजुरी दिएकी छन् । मानवअधिकारवादी पाठकले पीडित महिलाको मानवअधिकारको सुरक्षाको ग्यारेन्टीको लागी यथासक्य बुझी सहयोग गर्ने जनाएका छन् ।

0 comments
तपाईंको प्रतिकृया