Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जनवादी विवाह

अमृत अधिकारी  पाल्पा, १४ असार - ‘बुर्जुवा संस्कारको ध्वसं गरौं जनवादी संस्कृतिको संरक्षण गरौ’ं भन्ने मुल नाराका साथ नेकपा–माओवादी पाल्पाको आयोजनामा बुधवार जनवादी शुभ विवाह सम्पन्न भएको छ । वर राष्ट्रिय जनस्वयम्सेवकका जिल्ला अध्यक्ष मिन बहादुर आले नेपाल, बधु विष्णु सारू, नेकपा– माओवादीका जिल्ला सदस्य वर नर बहादुर गाहा संर्घष र जिल्ला सदस्य उमा ठाडा विच जनवादी विवाह सम्पन्न भएको हो ।

 विवाह कार्यक्रमका प्रमुख अतिथि नेकपा–माओवादीका केन्द्रीय सदस्य बसन्त घर्ती मगरले भड्किलो, विलासितार प्रतिस्प्रर्धाका रूपमा विवाह भैरहेको आवस्थामा कम खर्चिलो र विश्वासका आधारमा गरिने यस्ता विवाहले बुर्जुवा संस्कार र कुरितिलाई हटाएर जनवादी संस्कारको विकास मार्फत समाज रूपान्तरणमा सहयोग पुग्ने बताउनु भयो । जनतालाई पनि सरल तरिकाले प्रेम र विश्वासको आधारमा विवाह गर्नुपर्दछ भन्ने चेतनाको विकासका लागि यस्ता विवाहले मार्ग दर्शन गर्ने उहाँले बताउनुभयो । अतिथिहरूमा नेकपा–माओवादीका जिल्ला सहइन्चार्ज गीर बहादुर थापा ‘विरवल’, राष्ट्रिय जनस्वयम्सेवकका सहसंयोजक लाल बहादुर दलार्मी, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष राजकुमार पन्थी, नगर इन्चार्ज पार्वती विक ‘सामना’, अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष सिर्जना मल्ल ‘झरना’ लगाएतले नव विवाहित बर र बधुलाई आर्शिवाद् तथा बधाई शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बरद्वय मिन बहादुर आले र नर बहादुर गाहाले जनवादी विवाहका माध्यम मार्फत समाजमा व्याप्त दाईजो प्रथा र भड्किलो संस्कार हटाउन आफूहरूले कमखर्चिलो जनवादी विवाह गरेको बताउनुभयो ।

उहाँले समाजमा रहेका गरीव, निमूखा, उत्पीडित वर्गका लागि जनवादी विवाह अपरिहार्य रहेको बताउनु भयो । नेकपा–माओवादी पाल्पाका सेक्रेटरी नेवल किशोर घर्ती ‘प्रशान्त’ को अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाल जनसांंस्कृतिक महासंघका केन्द्रीय सदस्य यश कुमार गरंजाले गर्नुभएको थियो । विवाह कार्यक्रममा विभिन्न प्रगतिशिल तथा जनवादी सांस्कृतिक कार्यक्रम तथा नाचगान समेत गरिएको थियो ।

0 comments

तपाईंको प्रतिकृया