Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
व्यवसायीक गाइपालनबाट मासिक लाखौ आम्दानी, गाइ प्रजनन केन्द्र र वायो ग्यास प्लान्ट शुरु हुने


नरेश के.सी.  भैरहवा,  ३० जेठ- व्यावसायिक गाईपालनबाट यहाका एक व्यवसायीक गाई पालकले मासिक लाखौ आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाको टिकुलीगढ गा.वि.स. वडा नं. ७ मा केही वर्ष अगाडी दस विगाह जग्गा खरिद गरि व्यवासायीक गाइपालन व्यवसाय गर्दै आएका पशु व्यवसायी शशि पौडेलले अहिले दुध बेचेर मात्रै मासिक ६० हजार देखी ८० हजार सम्म आम्दानी गरिरहेकाछन भने गाईको गोबर बेच्दा मासीक सरदर एक लाखको हाराहारीमा आम्दानी गर्न सफल भएका छन् ।

शुरुवातीका दिनमा साथीहरुको समुह सहित यो व्यवसाय गर्दै आएका पाडेलले अहिले एक्लै यो व्यवसायको संरक्षण, प्रबद्र्धनमा लागीपरेकाछन् । सम्भवतः नेपालकै सबैभन्दा ठूलो व्यावसायिक गाई फारम मानिने लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च सेन्टरले दैनिक १३ सय देखि १४ सय लिटर दूध विक्री गर्ने गरेको सेन्टरका प्रबन्ध निर्देशक पौडेलले जनाए । गाइको दुधको बजार भाऊ सरदर प्रति लिटर ५० रुपैया पर्दछ । यहाको दुधको मुख्य बजार बुटवल रहेको छ ।

यो फारममा होलस्टीन, जर्सी, ब्राउन स्वीस जस्ता उन्नत जातका ३ सय ५० वटा गाई छन् । आधुनिक प्रविधिको प्रयोग भएको सो गौशालामा गाई वासस्थान, लैना गाई दुहुने–दूधशाला, साना बाच्छा बस्ने ठाउ“, उमेर समूह अनुसार अलग–अलग वासस्थानको समुचित व्यवस्था छ । प्रतिदिन झन्डै ३० टन मलखाद उत्पादन हुने उक्त सेन्टरबाट केही दिनमै वायो ग्या“स प्लान्ट पनि निर्माण हुने भएको छ । बायो ग्या“स प्लान्टको लागि विश्व बैंकले प्रारिम्भक अध्ययन गरी छनौटको सूचिमा राखेको र सहयोगको लागि ७७ लाख अमेरिकन मुद्रा अनुदानको रूपमा दिने बचन दिएको सेन्टरका प्रबन्धक पौडेलले बताए । उक्त बायो ग्या“स प्लान्ट ७ सय ५० घनमिटर क्षेत्रफलमा झन्डै १ करोड लगानीमा निर्माण गरिने जनाइएको छ । सो बायो ग्यास प्लान्ट निर्माण भएमा कम्पनिलाई चाहिए भन्दा बढी विद्युत गाऊमा वितरण गरिने पनि उनले जनाए । यता गाई प्रजनन केन्द्रकोलागी पनि संभाव्यता अध्ययन भईरहेको पौडेलको भनाई छ । उनले भने ‘नेपालमा उन्नत जातका बाच्छा बाच्छी पाउने राम्रो ठाऊ छैन त्यसैले हामीले यसलाई प्रजनन केन्द्रको रुपमा पनि विकास गर्दैर्छौ । यसको तयारी भइरहेकोछ । यसरी एकातिर दुध बेचेर मनग्य आम्दानी गरिरहेका पौडेल अर्कोतिर बहुआयामिक स्वरुपको उद्योग व्यापार वायोग्यास प्लान्ट र प्रजनन केन्द्र खोल्ने तयारीमा दिन रात जुटिरहेको बताऊछन् । सेन्टरले बायो ग्या“स प्लान्ट र प्रजनन केन्द्रको अतिरिक्त कम्पोस्ट मल प्लान्ट, केटल फिड सेन्टर, डेरी प्रोडक्सन, भेटनरी डिप्लोमा, अर्गानिक रिर्सोट लगायतका बहुआयामिक काम पनि गर्ने लक्ष्य लिएकोछ ।

वैज्ञानिक पशु फारमको मापदण्ड भित्र रहेर व्यवसायीक गाई पालन हुदै आएको सो फारम झट्ट हेर्दा विदेशी पशु फार्म जस्तो लाग्ने गर्दछ । यस गौशालाका गाईहरू दूध दुहुने बेला आफै दूध दुहुने ठाउ“मा आइपुग्छन् । दूध दुहुनको लागि त्यहा“ स्थित कर्मचारी मिल्कि· मेसिन लिएर तयारी हुन्छन् । त्यसपछि पालोमा आएको गाईको कचौडामा सो मेसिन लगाइन्छ अनि मेसिनले सरर झन्डै ७ मिनेटमा एउटा गाई दुहेर सिध्याउ“छ । घा“स काट्ने मेसिनले, दूध दुहुने मेसिनले, दूध चिस्याउने मेसिन जस्ता आधुनिक प्रविधिको प्रयोग भएको यस सेन्टरको आजसम्मकै लागत झन्डै ३५ करोड रूपैया“ बराबर रहेको प्रबन्धकको दाबी छ । नेपालका लगभग सबैजसो राजनैतिक दलका प्रमुख, पूर्व प्रधानमन्त्रीहरू एवं प्रशासनिक निकाय र कृषि अनुसन्धान क्षेत्रका ज्ञाताहरूले प्रत्यक्ष क्षेत्रगत अवलोकन गरिसकेको सो सेन्टर अवलोकनकै लागि दैनिक दर्जनौको हाराहारीमा बाहिरी जिल्लाका कृषकहरू आउने गर्दछन् ।

मुलुकमा दैनिक ४ लाख लिटर दूधको अभाव भइरहेको बेला यहा“ उत्पादित सयांै लिटर दूधले एकातिर ठूलो राहत दिन्छ भने अर्कोतिर यहा“को प्राङ्गारिक मलले उब्जाउ बढाउने छ । उक्त सेन्टरले ३५ जनालाई प्रत्यक्ष रोजगारी पनि दिएको छ ।कृषि प्रधान देश नेपालको नमूना पशु फार्मको रूपमा परिचित लुम्बिनी एग्रो प्रँेडक्ट एन्ड रिसर्च सेन्टरले थप उत्पादनमुखी कार्य गर्ने लक्ष्य लिएको छ । सेन्टरको कार्य देखेर नै नेपाल सरकारले गणतन्त्र दिवसको अवसरमा विकास रत्न २०७० ले सम्मान गर्ने घोषणा समेत गरिसकेको छ । सरकारको सम्मानले आफूहरूलाई उत्साहित बनाएको पौडेलले प्रतिक्रिया दिए ।

उनले भने‘ सरकारले हामीलाई सम्मान गर्ने घोषणा गरेर काममा उत्साह थपीदिएकोछ ।

0 comments

तपाईंको प्रतिकृया