पत्रकार मैनालीको ‘उपल्लो थलो’को समीक्षा

कपिल ज्ञवाली बुटवल,१४ असार ।
पत्रकार मोहन मैनालीको पुस्तक ‘उपल्लो थलो’को शुक्रबार बुटवलमा समीक्षा गरिएको छ । मैनालीले पत्रकारिताको शिलशिलामा विभिन्न ठाउहरु घुम्दाका अनुभव र अनुभुतीलाई तथ्यका आधारमा उपल्लो थलोमा उतार्नुभएको छ ।
बुटवल साहित्य संगम र सामुदायिक सञ्चार समुह रुपन्देहीको संयुक्त आयोजनामा उपल्लो थलोको बारेमा लेखक साहित्यकारहरुका मा“झमा समिक्षा एंव चर्चा गरिएको हो । पुस्तकका बारेमा साहित्यकार ऋषिराम भुषालले नेपालको उत्तरी भेगको अभाव र समस्याका बारेमा अत्यन्तै सुन्दर ढंगले बर्णन गरेको बताउदै यो पुस्तक पछिसम्मका लागि पठनयोग्य रहेको बताउनुभयो । उहा“ले पत्रकारका लागि पुस्तक अत्यन्तै लाभप्रद हुने भन्दै आगामि दिनमा अझै परिष्कृत गरि राम्रा कृति ल्याउन आग्रह गर्नुभयो । त्यस्तै साहित्यकार डा.मुरारी पराजुलीले पुस्तकले नेपालको भयानक गरिबिको चित्रण गरेको बताउदै संस्मरणमा तथ्य प्रस्तुत गरि पाठकको मन जित्न सफल भएको बताउनुभयो ।
उहा“ले पुस्तकमा केहि कमि कमजोरी भएपनि भाषा,शब्द र प्रस्तुतीकरण शिलशिलाबद्ध भएको भन्दै नेपालमै राम्रोमध्येको एक संस्मरण रहेको बताउनुभयो । कार्यक्रममा संस्कृतिबिद राजेन्द्र आचार्य,पत्रकार दीपक ज्ञवाली,साहित्यकार रामचन्द्र श्रेष्ठले उपल्लो थलोले तथ्य र सत्यमा आधारित रहेर पुस्तकमार्फत नेपालको यर्थाथ चित्रण गरेको भन्दै आगामि दिनमा यस्तै कृतिको अपेक्षा गर्नुभयो । पुस्तकमाथिको टिप्पणी र सुझावपछि बोल्दै पुस्तकका लेखक मोहन मैनालीले आफुले बिसं. २०५१ सालदेखि ०५९ सालसम्म विभिन्न ठाउमा घुम्दा देखेका र भोगेका कुराहरु पुस्तकमा उतारेको बताउदै पुस्तक पत्रकारकै लागि लेखिएको बताउनुभयो ।
उहा“ले बिमोचन नभइसकेको पुस्तक उपल्लो थलो कोे बुटवलमा पहिलोपटक समिक्षा गरिएको र लेखक साहित्यकारबाट थप सुझाव आएको भन्दै लेखनयात्रालाई निरन्तरता दिने कोसिस गर्ने बताउनुभयो । ज्ञानज्योती पुस्तकालय बुटवल बुटवल १० मा भएको कार्यक्रम दल बहादुर गुरुङको अध्यक्षता र मिन रानाको सञ्चालनमा भएको हो । सोहि पुस्तकको समिक्षा पश्चिम दाङमा शनिबार हुदैछ ।

0 comments
तपाईंको प्रतिकृया