कुशल नेतृत्व अभावमा देश धराशायी बन्दैछ: हमाल
दाङ, १८ जेठ – नेपाली सिनेमा क्षेत्रमा महा नायकको उपमा पाएका नायक राजेश हमालले कुशल राजनीतक नेतृत्व नहुँदा सबै क्षेत्र धरासायी भएको बताएका छन् ।हमालले राजनीतिलाई देश विकासको मेरुदण्ड भन्दै मेरुदण्ड नै बलियो नहुँदा देश विकास हुन नसकेको बताए । नागरिकको हक अधिकार सुनिश्चतका लागि राजनीतिक दललाई आग्रह गरे । सांगितिक कार्यक्रममा सहभागी हुन दाङको तुल्सीपुर आएका उनले कुशल नेतृत्व नहुँदा सबै क्षेत्र धरासायी भएको बताएका हुन् ।
नागरिकले मुलुकमा ठुलो क्रान्ति गरेर गणतन्त्र ल्याएपनि त्यसको अनुभुति गर्न नपाएको उनको भनाई छ । रिपोटर्स क्लव दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा हमालले भने, ’अब जनताले शान्ति र समृद्धि चाहेका छन, क्रान्ति होइन’ उनले भने । पहिलेको तुलनामा मुलुकमा धेरै बिकास भएको भन्दै हमालले नेताहरुका कारण विकास भएको नभई नागरिकको इच्छाशक्ति र सक्रियताका कारण भएको दावी गरे ।
महानायक हमालले नेपाली चलचित्र क्षेत्र पछिल्लो समयमा धेरै विकास भएपनि अझै धेरै चुनौती रहेको बताए । नेपाली मौलिकता र मन छुने चलचित्र कम बनेकाले दर्शकमा निराशा छाएपनि राम्रो चलचित्र बने दर्शकले माया गर्ने उनको भनाई छ । @ gretwayonline.com

0 comments
तपाईंको प्रतिकृया