दुई दर्जन भन्दा बढी बिकास निर्माणका आयोजनाहरु बर्षाका कारण अबरुद्ध
निर्माण कार्य अन्तिम चरणमा पुगेका सडकमा कालोपत्रे गर्ने, सडक बिस्तार गर्ने, ढल, पुल निर्माण जस्ता आयोजना हरु अबरुद्ध हुन पुगेका हुन । आर्थिक बर्ष सकिने बेलामा काम थाल्ने, अनुगमन गर्ने निकाको बेवास्ताका कारण पनी यि र यस्ता आयोजनाहरु निर्माण कार्य मा ढिलाई हुने गरेको हो । यस बर्ष जेठ महिना देखी नै परेको बर्षले बिश्व बैंको श्रण तथा आर्थिक सहयोगमा कालोपत्रे गरिन लागेको १४ कि.मि. सडकको काम अबरुद्ध भएको छ । जिल्ला बिकास समितीको तिस प्रतिशत र स्थानिय बिकास मन्त्रालयको सत्तरी प्रतिशत गरी करिब डेढ करोडको लगानीमा मदनपोखराको डुम्रेमा बन्न लागेको पक्की पुल बाढीका कारण पुर्ण रुपमा क्षती पुगेको छ । त्यस्तै पाल्पा र अर्घाखाँची जोडने गरी भुवनपोखरीमा निर्माण हुदै गरेको पक्की पुलमा समेत क्षती पुगेको छ ।
त्यसै गरी आर्थिक बर्ष सकिनै लाग्दा तानसेन नगरपालिकाले शुरु गरेको ढल निर्माण कार्य अबरुद्ध हुदाँ नगरबासीका साथै बाटो हिडने हरुका लागी पनी हुन सम्मको सास्ती पुगेको छ ।
बर्षाकै कारण पाल्पाका धेरै ग्रामीण सडक अबरुद्ध भएका छन भने सवारी आवागमन नहुदा ग्रामिण क्ष्ोत्रबाट आउने तरकारी, दुध, फलफुल लगाएतका उत्पादन खोलामा फाल्नु पर्ने अबस्थाको सृजना भएको छ ।
केही दिन अगाडी परेको बर्षका कारण जिल्लाका बिभिन्न बिकास आयोजना र सम्पन्न भैसकेका आयोजना हरु समेत प्रभावित भएको जिबिसका ईन्जिनियर भिमार्जुन पाण्डेले बताए। मनसुन शुरु हुने बेलामा मात्र काम शुरु हुने बिभिन्न कारण देखाउदै रकम थप्ने, काम छिटो सम्पन्न गर्ने जस्ता कार्यले स्थानियमा निराशा संगै काम राम्रो हुनेमा शंका बढेको छ ।

0 comments
तपाईंको प्रतिकृया