Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एसएलसि उत्कृष्टलाई सम्मान

कपिल ज्ञवाली   बुटवल,१२ आसार । नेकपा एमाले निकटको अनेरास्ववियूले रुपन्देहीबाट २०६९ सालको एसएलसि परिक्षामा बिशिष्ट श्रेणीमा उतिर्ण गरेका विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ ।

सामुदायिक र निजि विद्यालयबाट जिल्ला प्रथम हुन सफल विद्यार्थी सहित उत्कृष्ट नतिजा सहित ९ सय ६५ जना विद्यार्थीलाई नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीले सम्मान गर्नुभएको हो । संस्थागत विद्यालयबाट छात्रातर्फ जिल्ल प्रथम भएका विनोद शिलवाल छात्रातर्फ श्रद्धा पौडेल र सामुदायिक तर्फका छात्रतर्फ जिल्ला प्रथम आनन्दमणि सुवेदी र छात्रातर्फ अनुपमा मरासिनीलाई दोसल्ला सहित सम्मनित गरिएको थियो । अन्यलाई सामुहिक रुपमा सम्मान गरिएको हो ।

 एसएलसि उतिर्ण विद्यार्थी सम्मान समारोहलाई सम्बोधन गर्दै ओलीले राज्यको शिक्षा पद्धतीका कारण एसएलसिको नतिजा कमजोर बनेको बताउनुभयो । उहा“ले नेपालको शिक्षा प्रणाली,निति नै अनुपयुक्त भएकाले विद्यार्थीको उतिर्ण दर न्यून भएको बताउनुभयो । शिक्षा विकास र सबैका लागि हुनपर्ने बताउदै सामुदायिक विद्यालयको शिक्षाको स्तर माथि उकास्न जरुरी रहेको उहा“को भनाई छ । एसएलसिको नतिजा प्रत्येक बर्ष डरलाग्दो गरि खस्कदै जानुमा राज्य ब्यवस्थानै प्रमुख भएको भन्दै देशको आवश्यकता अनुसार विविध खालको शिक्षाको ब्यवस्था गर्नुपर्ने बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्रि समेत रहनुभएका शर्माले राजनिति समेत सहि रुपमा अगाडि बढ्न नसक्दा शिक्षामा सुधार नभएको बताउनुभयो अहिलेको शिक्षाले बेरोजगार उत्पादन गरेको बताउदै अबका दिनमा यसको अन्त्य गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्मा,पूर्व राज्य ब्यवस्था समिति सददस्य रामनाथ ढकाल,अनेरास्ववियूका केन्द्रिय सचिवालय सदस्य बाबुराम पन्थी,एमालेका जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठ,जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उपसचिव टिकाराम अर्याल, एमालेका जिल्ला विद्यार्थी ईन्चार्ज ऋषि राम पाण्डे, प्याप्सन रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद खनाल, संस्थागत विद्यालयका तर्फबाट बालकृष्ण चापागाई,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली, हास्यकलाकार राजा राजेन्द्र पोखरेल, लगायतले बोल्दै उच्च शिक्षामा पनि एसएलसिको नतिजालाई कायम राख्न विद्यार्थीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा पश्चिमाञ्चल प्रथम भएका विद्यार्थी विनोद शिलवाल र श्रद्धा पौडेलले आफ्नो अनुभव सुनाएका थिए । अध्यक्ष सरोज पोखरेलको अध्यक्षता,उपाध्यक्ष सन्दिप विकको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव कष्ण खनालले गर्नुभएको थियो ।

0 comments

तपाईंको प्रतिकृया