Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तेस्रो दिन पनी तराई बन्द, जनजिवन प्रभावित

काठमाण्डौ २३ जेठ । कमलरी प्रथा उन्मूलन संघर्ष समितिले गरेको तराई बन्दका कारण आज तेस्रो दिन पनि तराईको जनजीवन प्रभावित भएको छ। सरकारसँगको वार्ता परिणामविहीन भएपछि उनीहरुले आन्दोलन जारी राखेका हुन्।

बन्दका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन भने शिक्षण संस्था, उद्योग व्यवसाय समेत ठप्प छन्। संघर्ष समितिले ललितपुरमा कमलरी बसेकी सुजना चौधरीको रहस्यमय मृत्युबारे छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ।

0 comments

तपाईंको प्रतिकृया