‘ए मानवता हराएकाहरु हो’
.jpg)
आंखा रसाउदा रुमाल निचोरिरहेछु
मानवता हराएको यो समाज धनसंग दौडिएको छ
यौनका नाममा अराजक बनेको छ ।
अचेल, मानविय संबेदना हराएको छ
पूर्वदेखि पश्चिम सम्म उत्तरदेखि दक्षिण सम्म सिंगो संसार नै हिंस्रक देखिन्छ आखिर
आफैलाई जन्माउने नारी माथि निर्दयी पुरुष किन कुदृष्टि लगाउछौ ?
हात खुट्टाबांधेर बर्बरता प्रस्तुत गर्दै नारीको अस्मिता लुट्दै ना·ो शरिरमाथि परेट खेलेर मज्जा लिनेहरु तिम्रो दिदी बहिनी छैनन् ?
श्रीमती र भाउजु छैनन् ?
कि त , तिम्रो आमा पनि छैनन् ? आखिर तिमी, आफै आकाशबाट खसेका हौला हैन ?
निर्दयी मनहरु निर्दयी तनहरु प्यासी र हिंस्रक बनेका तिम्रा नजरहरु तिमी सम्मान
माया,प्रेम,ममता र स्नेह जान्दैनौं ?
केवल आफ्नो यौनिक तृष्णाका पछि छौ, सायद
तिमि आमा,दिदी,सासु,बहिनी,माईजु,छोरी चिन्दैनौ किनकी, तिमी तिम्रो भोको प्यास भेटाउने आहारामा लिप्त छौ ।
तिम्रो गति यहि हो भने तिमी जुगौ जुग सम्म पछुताउनेछौ र धिक्कार्नेछौ आफैले आफैलाई ।
कपिल ज्ञवाली‘जिज्ञासु’ गजलगृह बुटवल—१४,नयांगाउ,ं रुपन्देही
kplgyawali3@gmail.com

0 comments
तपाईंको प्रतिकृया