लुम्विनी अञ्चल स्तरीय सम्मेलनको तयारी
यज्ञमूर्ति तिमिल्सिना, पाल्पा २६ जेठ । यही जेठ ३० र ३१ गते तानसेनमा हुन लागेको नेकपा एमाले निकट युवा संघ नेपालको प्रथम अञ्चल सम्मेलनको तयारी तीब्र रुपमा भईरहेको आयोजकले जानकारी दिएका छन् ।आज युवा संघ नेपालले तानसेनमा पत्रकार सम्मेलनको आयोजन गरि सम्मेलनको सफलताका लागि बिभिन्न उपसमिति मार्फत कामहरु तीब्र रुपमा भइरहेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय सदस्य एवम् लुम्विनी अञ्चल इन्चार्ज हिमाल श्रेष्ठले लुम्विनी अञ्चल भित्रका ६ जिल्लाका र आयोजक गरि २ सय ५ जना प्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिनुभयो ।
सम्मेलनको नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिइयो । पत्रकार सम्मेलनका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य धनेन्द्रराज घिमिरेले सम्मेलनको सफलताका लागि लागिपर्न युवाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको सञ्चालन युवा संघका केन्द्रीय सदस्य एवम् लुम्विनी अञ्चल सहइन्चार्ज सुरेन्द्र पाण्डेले गर्नुभएको थियो ।

0 comments
तपाईंको प्रतिकृया