कम्पनि रजिष्टारको कार्यालयको सेवा अव अनलाईनबाट
कपिल ज्ञवाली बुटवल, ६ असार । कम्पनी रजिष्टारको कार्यालयले उद्योगी व्यबसायीहरुलाई अव अनलाईनबाट सेवा प्रदान गर्ने भएको छ ।आफ्ना सेवालाई अनलाईन प्रणालीमा बिकास गरी नेपाल उद्योग बाणिज्य महासंघका शाखाहरु मार्फत सेवा प्रवाह गर्न लागिएको कम्पनी रजिष्टारको कार्यालयका उपरजिष्टार दिपक घिमिरेले जानकारी दिए । आगामी आर्थिक वर्षदेखि शुरु गर्ने गरी तयारी गरिएको अनलाईन सेवाको बारेमा जानकारी गराउन बुटवल उद्योग बाणिज्य संघ बुटवलले बिहिबार बुटवलमा आयोजना गरेको छलफल कार्यक्रममा सो सेवालाई उद्योगी व्यबसायीहरुले सकारात्मक रुपमा लिएका छन ।
कम्पनी रजिष्टारको कार्यालयको सेवालाई बुटवलमा ल्याउन धेरै पहिले देखि माग गरेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठल बताए । कम्पनी रजिष्टारको कार्यलयले सञ्चालन गर्न लागेको ‘ओसीआर डट जिओभी डट एनपी” मार्फत उद्योगी व्यबसायीहरुले आफ्नो उद्योग व्यबसायको दर्ता मिती, कम्पनीको प्रकार ठेगाना, जिल्ला शेयर धनीहरुको लैङ्गिक आधार, पुंजीको संरचना लगायतको प्रयोग गरी आधारभूत तथ्याङ्कको जानकारी प्राप्त गर्न सकिने छ ।
उपरजिष्टार दिपक घिमिरेका अनुसार सो अनलाईनबाट कम्पनीको वार्षिक विबरण तथा अध्यावधीक विवरणहरु प्राप्त गर्न सकिनेछ भने कम्पनी दर्ता, थप सेवाहरु जस्तै ः– अग्रिम सुरक्षित गरिएको स्थायी लेखा नम्बर, कम्पनी रजिष्टारको कार्यालय र अन्य सरकारी निकाय बीच निश्चित सुचना आदान प्रदान जस्ता सेवा प्रदान गरिने छ ।
त्यस्तै गरी कम्पनी किन दर्ता गर्ने, कम्पनी दर्ता गर्दा कुन कुन कागजातहरु आवस्यक हुन्छ, कसरी दर्ता गर्ने जस्ता सुचना पनि त्यही अनलाईबाट जानकारी लिन सकिने छ । अनलाई सेवालाई प्रभावकारी बनाउनका लागि जानकारी गराउने उद्देश्यले आयोजना गरिएको छलफल कार्यक्रममा सेवा प्रदायक संस्था कम्पनी रजिष्टारको कार्यालयका पदाधीकारीहरु तथा नेपाल उद्योग बाणिज्य महासंघका पदाधीकारीहरुले सहजिकरण गरेका थिए ।
आगामी आर्थिक वर्षदेखि कम्पनी रजिष्टारको कार्यालयले उद्योग बाणिज्य संघ संगको सहकार्यमा बुटवल र भैरहवामा पनि अनलाईन सेवा सञ्चालन गर्न लागेको छ ।

0 comments
तपाईंको प्रतिकृया