Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कैलालीमा बस दुर्घटना, २ को मृत्यु ४ घाइते

धनगढी, २५ जेठ–नेपालगञ्जवाट धनगढीका लागि छुटेको ना ४ ख ६४८ नम्बरको भेरी यातायतको यात्रु बाहक बस कैलालीको बलिया– ९, डुडेझारीमा दुर्घटना हुदा दुइ जनाको घटना स्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।

मृत्यु हुनेमा बसका सहचालक बर्दियाको सिउनियाका प्रकाश खड्का र एक जना युवतीको भने सनाखत हुन नसको प्रहरीले जनाएको छ । घाईते मध्येका चिन्ताजक अवस्था रहेका दाङ सौनियारका मनोज चौधरीलाई उपचारका लागि नेपालगञ्ज पटाइएको छ । भने अन्य तिनजना बर्दियाका अक्कल साउँद, सुर्खेतका अने नेपाली र नवराज भण्डारीको लम्की स्थित लालरत्न अस्पतालमा उपचार भइ रहेको छ । बसका यात्रु भुरीगाउँ बर्दियाका वासुदेव आर्चायका अनुरसार बस तिव्र गतीमा रहेकाले अनियन्त्रीत भइ दुर्घटना भएको हो ।

 बस चलाकलाई सशस्त्र प्रहरी बेश क्याम्प डुडेझारीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । आज विहान करिब १० बजे भएको बस दुर्घटनाको उद्धारमा सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीले सहयोग गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया