Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
३० क्यु फिट काठ बोकेको गाडी प्रहरीद्धारा नियन्त्रण

नरेश के सी  भैरहवा,१९ जेठ - आइतबार विहान ५ बजे रुपन्देहीको रामापुर नया गाऊबाट लु १ ज १४६९ नम्बरको जीप र जीपका चालक दुधराक्ष रामापुरका ३५ वर्षिय टिकाराम अधिकारी सहित ३० क्यु फीट काठ बरामद गरेकोछ ।

इलाका प्रहरी कार्यलय सालझण्डीको सहयोगमा वनले गाडी र चालक त पक्राउ गरेको छ तर काठ तस्कर भने पक्राउ गर्न सकेको छैन । यद्यपी इलका वन कार्यलय बुटवलका प्रमुख बसन्तबाबु श्रेष्ठले पहिले चैत्र २९ गते १० हजार धरौटीमा छाडेको गाडी फेरी अबैध काठ सहित पक्राउ परेको र अहिले फेरी सोही गाडी पक्राउ गरेका बताए । प्रमुख श्रेष्ठले यो केसलाई अदालतमा मुद्धा दायर हुने जनाए ।

वनले वन ऐन अनुसार पटके तस्करीमा संलग्नलाई हदैसम्मको कारबाहिको माग र गाडी समेत जफतको माग सहित मुद्धा दायर गर्ने जनाएको छ । स्मरणहोस यसअघि सोही गाडीमा अबैध काठ ओसार पसार गरिरहेको बेला वनले तामनगरबाट सोही गाडी पक्राउ गर्दा दुधराक्षका गाबिसका बनकान्छा भन्ने पुर्ण ब. बिकले वनका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका थिए । उनी अहिलेसम्म प्रहरीको सुचीमा फरार रहेका छन् तर अहिले फेरी उनैले काठ तस्करी गरेको बुझीएको छ ।

गाडी चालक अधिकारीले बनकान्छाले आफुलाई मासीक तलबको रुपमा काम गर्नेगरी काम दिएको र आइतबार पहिलो दिन गाडी चलाएको बताए । सो जीप मिखेन्द्र चुनाराको नाममा दर्ता रहेको भएता पनि स्वामित्व चाहि बनकान्छाको रहेको गाडी चालकको भनाईछ ।

0 comments

तपाईंको प्रतिकृया