२०६९ को वर्ष खेलाडीका लागि पाँच खेलाडी चयन
काठमाण्डौ १९ जेठ। नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्टस अवार्ड २०६९ को वर्ष खेलाडीका लागि पाँच खेलाडी चयन गरेको छ।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, राष्ट्रिय फुटबल खेलाडी जगजित श्रेष्ठ, एथ्लेटिक्सका कीर्तिमानी खेलाडी केशरी चौधरी, पौडीवाज शिरीष गुरुङ र उसु खेलाडी झरना गुरुङ मनोनयनमा पर्न सफल भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष हुने स्पोर्टस अवार्ड यस वर्ष खेलकुद पत्रकार दिवसको दिन असार १८ गते आयोजना हुँदैछ।
अवार्ड समारोहको एक महिना अघि मञ्चले चर्चित खेलाडीको मनोनयन सार्वजनिक गरेको हो। वर्षको चर्चित खेलाडीको मनोनयनमा वर्षभरी खेलाडीले गरेका प्रदर्शन र उपलब्धीसंगै त्यसले जनमानसमा पारेको प्रभावलाईसमेत आधार बनाइएको मन्चले जनाएको छ।
त्यस्तै, वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन पनि छिट्टै सार्वजनिक गरिने र स्पेसल अवार्ड, लाइफटाइएम अचिभमेन्ट अवार्डका साथै पारा एथ्लेट अवार्डको घोषणा भने अवार्ड वितरणकै दिन हुने मञ्चले जनाएको छ।

0 comments
तपाईंको प्रतिकृया