एक हप्ताभित्र माग सम्बोधन नभए वार्ता भंग गर्ने चेतावनी
काठमाण्डौ २३ जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले आफ्ना १३ बुँदे मागको एक हप्ताभित्र सम्बोधन नभए सरकारसंगको वार्ता भंग गर्ने चेतावनी दिएको छ।मोर्चाले आज अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र बुझाउदै सात दिनभित्र आफ्ना मागबारे सम्बोधन गर्न समयसीमा दिएको हो। चार दलले थ्रेस होल्ड, समानुपातिक निर्वाचनतर्फको अनुपात घटाउने लगायतका शर्त राखेर मधेस, दलित र आदिवासी जनजातीलाई समाप्त गर्न खोजेको मोर्चाको आरोप छ।
मोर्चाले पुरानै ऐन अनुसार निर्वाचन गर्नुपर्ने, उच्चस्तरीय राजनीतिक समिति खारेज हुनपर्ने लगायतका माग राखेको छ।

0 comments
तपाईंको प्रतिकृया