माओबादीका कारण चुनाबको मिती घोषणा हुन सकेन : कोईराला
काठमाण्डौ २२ जेठ- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चुनावको मिति घोषणा हुन नसक्नुमा एकीकृत नेकपा माओवादी जिम्मेवार रहेको आरोप लगाउनुभएको छ।राष्ट्रपति डाक्टर रामवरण यादवसँगको भेटपछि सभापति कोइरालाले एकीकृत माओवादीले अनावश्यक कुरामा विवाद झकेको आरोप लगाउनुभयो।
राष्ट्रपतिसंगको भेटमा पनि आगामी निर्वाचनको तयारीका बारेमा कुराकानी भएको जानकारी दिंदै कोइरालाले सहमतिको वातावरण बनाउन आफूले राष्ट्रपतिलाई आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरेको बताउनभयो। सभापति कोइरालाले थ्रेस होल्डको व्यवस्थाले दलहरुलाई एकजुट हुन बल पुर्याउने बताउंदै विवादित विषयमा सहमति जुटेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो।

0 comments
तपाईंको प्रतिकृया