Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सुदूरपश्चिमका बाढी पीडितलाई राहत बितरण गर्न माग

काठमाण्डौ ९ असार ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदूरपश्चिमका बाढी पीडितलाई राहत बितरण कार्य द्रुत गतिमा अघि बढाउन सरकारसंग माग गरेको छ।

राप्रपाका नेता एवम पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र डाक्टर प्रकाशचन्द्र लोहनीले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटी राहत बितरणमा सरकारले देखाएको तदारुकता पूर्ण नभएकाले प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका हुन्। दार्चुला लगायत सुदूर तथा मध्य पश्चिमका बिभिन्न स्थानमा बाढी पीडितहरुको अवस्था दयनिय भएकाले राहत बितरणको कार्यक्रम प्रभावकारी बनाउन राप्रपाले माग गरेको हो।

राप्रपाले बाढीबाट भत्किएका क्षेत्रको पुनर्निर्माण र बिस्थापितहरुको पुनर्स्थापना गर्न अल्पकालिन र दीर्घकालिन योजना बनँएर अघि बढन सुझाव समेत दिएको छ। यस्तै, बाढी पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई बिशेष क्षतिपूर्ती दिन पनि राप्रपाले माग गरेको छ।

0 comments

तपाईंको प्रतिकृया