गुल्मीका एफएम रेडियो अनिश्चिकालका लागि बन्द
शिव सुवेदी गुल्मी २२ जेठ- लामो समयसम्म विद्युत आपूर्ति नभएको भन्दै गुल्मीका एफएम रेडियो अनिश्चिकालका लागि बन्द भएका छन्। लामो समयसम्म विद्युत आपूर्ति अवरुद्ध हुँदा रेडियो सञ्चालन गर्न नसकिएको भन्दै जिल्लामा सञ्चालित चार वटा एफएम रेडियो बन्द भएका हुन्।एफएम रेडियोका प्रमुखहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरी विद्युत नियमितरुपमा सुचारु हुने अवस्था सिर्जना नभएसम्म प्रशारण गर्न नसक्ने जनाएका छन्। गुल्मीमा रेडियो रेसुंगा, सामुदायिक रेडियो स्काइ, रुरु एफएम र गुल्मी एफएम सञ्चालनमा छन्।
गुल्मीमा पाँच दिनदेखि विद्युत आपूर्ति भएको छैन। विद्युत प्राधिकरणले भने रिडीदेखि तम्घाससम्मको प्रसारण लाइनमा समस्या आएकोले मर्मतका लागि इन्जिनियरको टोली बोलाइएको बताएको छ।

0 comments
तपाईंको प्रतिकृया