नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक शनीबार देखी
नारायण पंगेनी काठमाडौं, १४ असार । पार्टीको आगामी रणनीति, समसामयिक राजनीतिक अवस्था लगाउतका बिषयमा छलफल गर्न नेकपा–माओवादीको केन्द्रीय समितिको बैठक शनीबार देखी सुरु हुदै छ ।पोखराको लुम्लेमा बस्नै बैठकमा सरकारले एकतर्फी रुपमा निर्वाचनको मिति घोषण गरेपछि अवको पार्टीको रणनीतिका बिषयमा बैठक केन्द्रीत हुने एक नेताले जानकारी दिनुभयो । त्यस्तै केन्द्रीय समितिको बैठकमा अन्य दलसँगको मोर्चाबन्दी, साना ३ वटा दलसंगको पार्टी एकता र एकीकृत माओवादीले चलाएको एकताको हल्लाको बिषयमा समेत छलफल हुने बताईएको छ ।

0 comments
तपाईंको प्रतिकृया