रिडी बसपार्कमा आधुनिक शौचालय बन्ने।
रुरु नेटवर्क रिडी १४ आषाढ। रिडी बजार ब्यबस्थापन समितीको पहलमा रिडी बसपार्कमा आधुनिक शौचालय बन्ने भएको छ्।५ लाख रुपैयाको लागतमा निर्माण गर्न लागिएको उक्त शौचालय स्नान गृह सहितको बन्ने भएको छ्। आधुनिक र ब्यबस्थित तरिकाले बनाउन लागिएको उक्त शौचालयमा निश्चित शुल्क तिरेपछी दिशापिशबका साथ साथै नुहाउन पनि पाइने छ्।
शौचालय निर्माणका लागि उक्त बजेत नेपाल खाने पानी संस्थान,गुल्मीले उपलब्ध गराने भएको छ् भने रकम अपुग भएमा थप रकम बजार ब्यबस्थापन समिती र रुरु गाबिसले उपलब्ध गराउने भएको छ्।

0 comments
तपाईंको प्रतिकृया