रुपन्देहीमा आंप उत्पादन बढ्ने अनुमान
कपिल ज्ञवाली बुटवल, २४ जेठ- रुपन्देहीमा यो बर्È आ“पको उत्पादनमा तेब्बर बृद्धि हुने अनुमान छ ।तराईमै आ“पको उत्पादन राम्रो हुने अवस्थामा रुपन्देहीमा पनि आ“पको उत्पादन बढ्ने अनुमान गरीएको हो । मौसमले राम्रो साथ दिएको बैशाख जेठमा हुरी र असिना पानी नपरेका कारण यो बर्È आ“पको उत्पादन बढ्ने अनुमान गरिएको हो । फागुन चैत्र महिनामा आ“पका रुपमा फुल लागेका समयमा हावाहुरी कम लागेको र फल लागेको समयमा पानी परेका कारण उत्पादन राम्रो हुने आशा आ“प कृÈकहरुको रहेको छ । कृÈि बिकास कार्यालय रुपन्देहीका बागवानी प्राबिधिक सहायक राम नारायण्ँ चौधरीका अनुसार मौसमले साथ दिएको आपमा लाग्ने रोग पनि नलागेका कारण रुपन्देहीमा आपको उत्पादन राम्रो भएको छ ।
रुपन्देहीमा यो बर्È ३ सय ३५ हेक्टर Ôेत्रफलमा आ“प खेती लगाईएकोमा ३ सय हेक्टरमा मात्र उत्पादन हुने कार्यालयको भनाई छ । जिल्लामा गत बर्Èप्रति हेक्टर १ मेट्रिक टन आ“प उत्पादन भएको थियो भने यो बर्È उत्पादन तेब्बरसम्म पुग्ने प्रारम्भिक प्रÔेपण्ँ गरिएको छ ।
जिल्लामा छोटकी रामनगर, पटखौली, अमुवा, हर्नैया, खडग बनगाई, बोदवार, भगवानपुर, चिलिया, आनन्दबन, पर्रोहा, सिक्टहन, मक्रहर, आमा, गजेडी लगायत २० गाबिसमा आ“प खेती हुने गरेको छ ।
ती गाबिस मध्ये छोटकी रामनगर, मक्रहर, आमा र खड्गबनगाई आप उत्पादनका पकेट एरिया हुन् । ती स्थानको ५० हेक्टर जमिनमा आ“प लगाईएको छ भने हरेक बर्È आ“प लगाउने क्रम समेत बढदै गएको छ ।
रुपन्देहीमा माल्दा, बम्बै, कलकतिया, दसहरी, आम्रपाली लगायतका नामका आ“पको खेती हुने गर्दछ ।

0 comments
तपाईंको प्रतिकृया