यस बर्ष पाल्पाको एसएलसी नतिजामा बृद्धी
पाल्पा २८ जेठ । पाल्पामा यस बर्ष ४२.६५ प्रतिशत परिक्षार्थी प्रबेशिका परिक्षामा उत्तिर्ण भएका छन ।जुन गएको बर्षको तुलनामा झण्डै ९ प्रतिशतले बढी हो । यस बर्ष एस एल सी परिक्षामा पाल्पा बाट नियमित तर्फ ४०.२५ प्रतिशत, र एक्जाम्टेड तर्फ १८.२७ प्रतिशत विधार्थी उत्र्तिण भएका छन । गत बर्ष पाल्पामा नियमित तर्फ ३३ प्रतिशत विधार्थी उत्र्तिण भएका थिए । नियमित तर्फ ४ हजार ८ सय ७४ मध्ये , १ हजार ९ सय ६२ जना उत्र्तिण भएका छन भने एक्जाम्टेड तर्फ १ हजार ८ सय ५५ जना मध्ये ३ सय ३९ जना विधार्थी उत्र्तिण भएका छन ।
नियमित तर्फ १ सय ३० जना विशिष्ट श्रेणी, ८ सय ७१ जना प्रथम श्रेणी, ९ सय ४१ जना द्धितिय श्रेणी र २० जना तृतिय श्रेणीमा उत्र्तिण भएका छन भने एक्जाम्टेड तर्फ १३ जना प्रथम श्रेणी, २ सय ९९ जना द्धितिय श्रेणी, र २७ जना तृतिय श्रेणी उत्र्तिण भएका छन । पाल्पामा पछिल्लो नतिजा अनुसार ३ वटा निजि विधालयले मात्र शत प्रतिशत नतिजा हासिल गरेका छन । बृन्दावन एकाडेमी तानसेन बाट ६ जना बाट ६ जना प्रथम श्रेणी, सनराईज वोडिङ्ग स्कुल मदनपोखरा डुम्रे बाट ५ जना मध्ये ५ जना प्रथम श्रेणी र आनन्दनिकेतन विधार्थी उत्र्तिण गरी जिल्लामै शतप्रतिशत नतिजा हासिल गरेका हुन । न्यूहोराईजन उच्च मावि बाट जिल्लामा सबैभन्दा ३४ जना विशिष्ट श्रेणीमा उत्र्तिण भएका छन ।
सामुदायिक विधालय तर्फ जनता उच्च मावि तानसेन पाल्पाले सबैभन्दा बढी ७ जना विशिष्ट श्रेणीमा उत्र्तिण गराएको छ । लामो समयसम्म नतिजाविहिन हुदै आएको देववाणि संस्कृत माविले २ जना प्रथम र ९ जना द्धितिय गराएको छ । दमकडा उच्च मावि बाट ४ जना दृष्ट्रिविहिन मध्ये १ जना प्रथम र २ जना द्धितिय श्रेणीमा उत्र्तिण गराएको छ । खुला विधालय बाट ९९ जनामध्ये १ जना प्रथम श्रेणी र १६ जना द्धितिय श्रेणीमा उत्र्तिण भएका छन ।

0 comments
तपाईंको प्रतिकृया