Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सुन चाँदीको मुल्यमा पुन गिरावट

काठमाण्डौ १९ जेठ -  सुन तथा चाँदीको भाउमा आज पुनः गिरावट आएको छ। अघिल्लो कारोबारमा प्रतितोला ५२ हजार ३ सय ५० रुपैयाँ कायम रहेको छापावाल सुन आज हजार रुपैयाँले घटेर प्रतितोला ५१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।

त्यस्तै तेजावी सुनमा पनि प्रतितोला हजार रुपैयाँले गिरावट आई ५१ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाउमा पनि गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर प्रतितोला ८ सय ७० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय वजारमा प्रतिऔंश सुनको मुल्य १ हजार ३ सय ८७ डलर तथा चाँदीको मुल्य २२ दशमलब दुई–दुई डलर कायम भएको छ।

0 comments

तपाईंको प्रतिकृया