भारतको उत्तराखण्डमा पुन बर्षा,उद्दारमा कठिनाइ
(एजेन्सी) भारतको उत्तराखण्डमा पुनः बर्षा भएपछि उद्दारमा कठिनाइ भएको छ। आज बिहानैदेखि वर्षा भइरहेकाले उद्दारमा कठिनाइ भएको हो।हालसम्म एउटा पनि हेलिकप्टर उडान गर्न नसकिएको भारतीय संचारमाध्यमले जनाएका छन्। उत्तराखण्डका अझै करिब ८ हजार नागरिक फसेका छन्। गत ४ दिनमा सेनाले हेलिकप्टर परिचालन गरी ८० हजार नागरिकको गरिसकेकेा छ। बिहानै देखि भएको वर्षाका कारण उत्तरी क्षेत्रका चमोली र रुद्रप्रयाग जिल्लामा बाढी र पहिरोको घटना बढेका छन्।
भारतको उत्तराखण्ड र हिमान्चल प्रदेशमा गत हप्ता आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६ सय ७० पुगेको छ।

0 comments
तपाईंको प्रतिकृया