Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चारदलले एकलौटी रुपमा चुनाब घोषणा गरे मुलुक मुठभेडमा जान्छ : भुषाल

काठमाण्डौ २६ जेठ । नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुषालले आफ्नो पार्टीका एजेण्डा बेवास्ता गरी चुनाव गर्न खोजे मुलुक मुठभेडमा जाने चेतावनी दिनुभएको छ ।

संचारकर्मीलाई अन्र्तबार्ता दिदै गर्दै प्रवक्ता भुषालले विदेशीको इशारामा प्रमुख दलका केही नेताले मुलुकलाई सिक्किमिकरण गर्न खोजेकाले आफ्नो पार्टीले त्यसको कडा प्रतिरोध गर्ने बताउनुभयो। उहाँले अहिलेकै अवस्थामा चुनाव भए मुलुक नै नरहने चिन्ता व्यक्त गर्नुभयो।

 प्रवक्ता भुषालले लाखौं गैरनागरिकलाई वितरण गरिएको नागरिकता खारेज गरी निर्वाचनका सबै प्रक्रिया बन्द गरे नयाँ संवादका लागि आफूहरु तयार रहेको बताउनुभयो। उहाँले एकीकृत माओवादीसंग एकताको कुनै सम्भावना नभएको समेत प्रष्ट पार्नुभयो।

एकीकृत माओवादीभित्र पदका आकांक्षी बढेपछि नेता कार्यकर्ताको ध्यान अन्तै मोड्न प्रचण्डले एकता नामको नयाँ पासो मात्र फालेको उहाँले बताउनुभयो।

0 comments

तपाईंको प्रतिकृया