अदालतको फैसला पछि पार्टि बोल्छ ः माधव नेपाल
नरेश के सी भैरहवा , जेठ २९ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एमाले सम्बद्ध युवा संघका नेता परशुराम बस्नेत अकुत सम्पतिको आरोपमा जेल गएकोमा पार्टिले यसलाई गम्भिर रुपमा लिएको बताउदै अदालतको फैसला नआउदा सम्म पार्टि नबोल्ने जानकारी गराएका छन् ।उनले भने ” परशुरामलाई पहिले पनि आरोप लागेको हो अहिले पनि यस्तै भएको हुनसक्छ । ” यद्यपी नेता नेपालले डन र भ्रष्टलाई पार्टिले कहिल्यै साथ नदिने पनि बताएकाछन् । बुधवार भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा पार्टिद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्रि समेत रहेका नेता नेपालले थ्रेस होल्ड अनिवार्य भएको समेत बताएका थिए ।
पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै नेता नेपालले नेता नेपालले चुनावको मिती नकुर्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । पत्रकार सम्मेलनमा उपस्थित कार्यकर्तालाई निर्देशन दिदै उनले भने ” चुनाव हुन्छ, ढुक्क भएर निर्वाचन कार्यक्रममा लाग्नुहोस् । पत्रकार भेटघाट कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य छविलाल विश्वकर्मा, एमाले अञ्चल सचिव खिमलाल भट्टाराई, एमाले नेताहरु लिला गिरी , भुमीश्वर ढकाल, हितराज पन्थि,सुनिल कुवर लगायतको उपस्थित रहेको थियो ।
नेता नेपाल विहीबारदेखी पाल्पामा सुरु युवा संघ नेपालको अञ्चल सम्मेलनलाई सम्बोधन गर्न आएका हुन् ।

0 comments
तपाईंको प्रतिकृया