परिवर्तनलाई सबै मिलेर संस्थागत गरौं ः खाण
कपिल ज्ञवाली बुटवल,२५ जेठ। नेपाली का“ग्रेसका केन्द्रिय सदस्य एंव पूर्व मन्त्रि बालकृष्ण खा“णले परिर्वतनलाई संस्थागत गर्नका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।उहा“ले सामुहिक भावनाले मात्र मुलुक समृद्धितर्फ अगाडि बढ्ने बताउनुभयो । बुटवल सामुदायिक वन उपभोक्ता समुह १ –४ रुपन्देहीद्धारा आज आयोजित बृक्षारोपण एंव भेटघाट कार्यक्रममा बोल्दै खाणले एकले अर्कोलाई विश्वास नगर्दा मुलुकमा फेरी दोस्रो पटक संविधान सभाको निर्वाचन गर्नुपरेको बताउनुभयो ।
जनउत्तरदायि सरकार नभएसम्म कुनै पनि क्षेत्रको विकास हुन नसक्ने भन्दै सामुदायिक वनको संरक्षणका लागि समेत सबै मिल्नुपर्ने बताउनुभयो । उहा“ले नेपालको हरियो वनलाई जोगाउन उपभोक्ता समुहले महत्वपूर्ण योगदान पु¥याएको बताउदै वनको दियो विकास र संरक्षणका लागि निति बनाउनुपर्ने बताउनुभयो । त्यसको लागि संविधानसभाको निर्वाचन हुन जरुरी रहेको उहाले बताउनुभयो ।
उपभोक्ता समुहले वनको संरक्षण गर्न थालेपछि बुटवल हराभरा भएको बताउदै यसलाई बचाउनका लागि आफ्नो पार्टीको तर्फबाट नितिगत र प्रशाशनिक रुपमा सहयोग गर्ने बचन दिनुभयो ।
कार्यक्रममा पूर्व सांसद सूर्य प्रसाद प्रधान,नेकपा माओबादीका शरद ओली,नेपाली काग्रेसका क्षेत्रिय सभापति हरि बहादुर आचार्य क्षेत्री,नेपाल ट्रेड यूनियन काग्रेसका काजीमान श्रेष्ठ,ईलाका वन कार्यालय बुटवलका गोकुल रिजाल,काग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे,राष्ट्रिय जनमोर्चाका शशिधर पौडेल,पत्रकार हरिष ढकाल,ससस्त्र प्रहरीका खिमनारायण अधिकारी,वनका संस्थापक अध्यक्ष रविन्द्गोपाल लाकौल फ्रेण्ड्स सर्भिस काउन्सिलका माधवी प्रधान लगायतले बोल्दै वनको संरक्षणका साथै त्यसलाई राज्यको श्रोतको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

0 comments
तपाईंको प्रतिकृया