सहमति विना संविधान सभा चुनाव कठीन
कपिल ज्ञवाली बुटवल ६ असार
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सुर्यवंशीले राष्ट्रिय सहमति विना संविधानसभा चुनाव कठीन हुने बताएका छन् ।राष्ट्रिय सहमति निर्माणका लागि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट अनिवार्यरुपमा राजीनामा दिनुपर्ने उनले बताए ।
पार्टीको भातृ संगठन राष्ट्रिय महिला मोर्चा जिल्ला समिति रुपन्देहीले आज बुटवलमा गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव सुर्यवंशीले आदीवासी जनजातिका हक अधिकार सुनिश्चित गर्न संविधानसभाको चुनाव आवश्यक भएकाले असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याएर चुनाव गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महलिा मोर्चाकी केन्द्रीय महसचिव चन्दा थापा,राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष झमबहादुर गुरुङले पनि प्रशिक्षण दिएका थिए ।

0 comments
तपाईंको प्रतिकृया