Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
टिभी हेर्न नपाउदा आत्महत्या

ताप्लेजुङ २५ जेष्ठ । ताप्लेजुङमा एक बालिकाले आफ्नो परिवारले टेलिभिजन हेर्न नदिएको भन्दै झुण्डिएर आत्महत्या गरेकी छन् ।

फुङलिङ गाउँ विकास समिति वडा नम्बर ४ की १३ वर्षीया बालिका खाम्जोला लामाले घरको दलिनमा सलको पासो लगाई आज दिउँसो आत्महत्या गरेकी हुन् ।

 टेलिभिजन हेरिरहेको समयमा आमाले टिभी नहेरी पढ्नु भनेको केही समयपछि उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । उनी सदरमुकामस्थित सेन्ट मेरिज इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत थिईन् ।

0 comments

तपाईंको प्रतिकृया