Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
लोप हुदै कुडुले घर


पाल्पा ६ असार । वातावरणिय हिसावले अत्यन्तै उपयोगी, आर्थिक कोण बाट न्युनतम लागत बाट निर्माण हुने कुडुले गोलघरहरु पाल्पा जिल्लाका गाउ गाउ बाट हराउदै गएका छन ।

 पुर्वि पाल्पाको मित्यास, झिरुवास गाविस मगर समुदायको र चिरतुङ्गधारा, पोखराथोक, कसेनी र रुप्से गाविसमा कुमाल समुदाय बसोवास गर्ने यस्ता घरहरु यतिखेर क्रमिक रुपमा लोप हुन थालेका छन । सहरबजारमा बढ्दो आधुनिकताको विकासको प्रभाव ग्रामिण क्षेत्रमा समेत परेको कारण यस्ता पुराना घरहरुका विकल्पका रुपमा नयाँ पक्कि घर निर्माण गर्ने होडबाजी चलेका कारण यस्ता पुराना घरहरु हराउने तथा लोप हुने अवस्थामा पुगेका हुन ।

 पुरानाघरहरु पर्यटकिय दिष्टिकोणबाट अत्यन्त महत्वपुर्ण ठानिन्छन त्यसैले त्यस्ता घरहरु अवलोकन गर्ने स्वेदेशी विदेशी जो कोहीले यतिखेर क्यामेरा, मोवाईलमा कैद गर्ने, पुस्तक, कापि, क्यालेण्डरहरुमा आवरण तस्विरका रुपमा प्रकाशन गर्ने होडवाजी चलेको छ । यस्ता पुराना घरहरुमा बसोवास गर्दै आएका झिरुवास गाविस राम बहादुर सारु भन्दछन गर्मी मौसममा चिसो, जाडो मौसममा तातो हुने हुदा पुराना कुडेल घरहरु अत्यन्तै राम्रो हुने गरेको छ । लौरो साईजका साना साना काठले बारेर त्यसमाथि दुवै तर्फ बाट माटोको लेपन गरिएको एक तले यस्ता कुडुले गोलघरहरु गाउ गाउमा पर्यटन प्रवद्धन गर्नका लागी अत्यन्तै उपयोगी हुदै आएका छन ।

 तर त्यसको संरक्षरण हुन नसक्दा पुराना कुडुले गोलघर दिनहु नासिदै गएका छन ।

0 comments

तपाईंको प्रतिकृया