Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बलात्कृतलाई उपचारका लागी सहयोग

खग प्रसाद चापागाई   कपिलवस्तु,१० अषाढ    एक साता अधि बलात्कार भई काठमान्डौमा उपचाररत एक महिलालाई उपचारका लागी सहयोग गर्ने जिल्ला स्थित लैगिंक हिंसा निवारण सम्बन्धि जिल्ला समायोजन समितीको बैठकले निर्णय गरेको छ । बैठकले उनको उचारका लागी तत्काल लैगिंक हिंसा निवारण कोषबाट १२ हजार रुपैया दिने निर्णय गरेको छ ।

त्यसै गरि एम्बुलेन्सका लागी जिल्ला स्वास्थ्य कार्यालयको सहयोग माग्ने र उनको अन्य उपचारका लागी साथी संस्था, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र नेपाल सरकारको प्रधानमन्त्री कार्यालयको लैगिंक हिंसा निवारण ईकाइलाई अनुरोध गर्ने समेत निर्णय गरेको महिला बालबालिका कार्यालय कपिलवस्तुकी प्रमुख कलावती ओझाले जानकारी दिनुभयो । यस अधि आईतबार जिल्लाको गजेहडाकी २७ बर्षिय बलात्कृत थारु समुदायकी महिलाको उपचारका लागी जिल्लाका बिभिन्न संघ संस्थाको पहलमा साथी संस्थाकी महिला आश्रय गृह प्रमुख माया ज्ञवालीको नेतृत्वमा उनलाई काठमान्डौ पुर्याईएको थियो ।

काठमान्डौ पुर्याईएकी उनको प्रसुती अस्पताल, थापाथलीमा उपचार हुन नसके पछि बिर अस्पताल हुदै टिचि¨ अस्पताल माहाराजगंज काठमान्डौ पुर्याई उपचार भैरहेको साथी संस्थाका जिल्ला संयोजक खग प्रसाद चापागाईले जानकारी दिनु भयो । चापागाईले उपचार र अन्य सहयोगका लागी संस्थाले केन्द्रियस्तरमा समेत समन्वय थालेको जानकारी दिनु भयो ।

0 comments

तपाईंको प्रतिकृया