सहिमा श्रेष्ठ को नया एल्बम मस्ती को भिडियो को शूटिंग सम्पन्न(तस्बिर सहित)
सहिमा श्रेष्ठ को नया एल्बम मस्ती को मस्ती मस्ती भन्ने गीत को म्यूजिक भिडियो को शूटिंग सम्पन्न भएकोछ।भिडियो मा सहिमा श्रेष्ठ को साथमा नेपाली फिल्म का चर्चित नायक जीवन लुइटेल मोडेल को रुपमा देखा पर्ने छन । भिडियो को सिनेमेटोग्राफी बिदुर पाण्डेय को छ भने कोरियोग्राफी निर्मल गुरुंग को रहेको छ। भिडियो लाई समन अधिकारी ले निर्देशन गरेका हुन।
पछिल्लो समय निर्देशक समान अधिकारी नेपाली सांगीतिक फाँटमा म्युजिक भिडियो निर्देशनमा निक्कै व्यस्त रहेका छन्। गायिका सहिमा श्रेष्ठ का पहिले का गीत हरु र भिडियो हरु भन्दा धेरै भिन्न रहेको(रक शैली को ) यो गीतको म्यूजिक भिडियो राम्रो बन्ने बिस्वास गरियेकोछ ।सहिमा को यस अघि हेरेको हेरेकै, गलती भयो मेरै अनि दोबाटो मा नाम का भिडियो हरु निस्किसकेका छन भने मस्ती मस्ती उनको आउदै गरेको एल्बम मस्ती को गीत हो गायिका सहिमाको सो गितमा रेखा पौडेलको शब्द तथा संगीत रहेको छ।म्युजिक भिडियोका लागि भने केहि दिन प्रतिक्षा गर्नु पर्ने छ।


0 comments
तपाईंको प्रतिकृया