आज गिरीजा बाबुको जन्म दिन बिबिध कार्यक्रमका साथ मनाईदै
काठमाण्डौ १८ असार । नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको आज जन्मजयन्ती, नेपाली काँग्रेस र उसका भ्रातृ संगठनहरुले कोइरालाको सम्झनामा बिभिन्न कार्यक्रमको आयोजना गरेका छन्।बिक्रम सम्बत १९ सय ८१ साल असार १८ गते आजकै दिन पीता कृष्णप्रसाद कोइराला र आमा दिब्याको कोखबाट उहाको जन्म भएको थियो। सानैदेखि हठी स्वभावका कोइराला नेपालमा धेरैपटक प्रधानमन्त्री हुने नेता हुनुहुन्छ। कोइरालाकै नेतृत्वमा १२ बुँदे सम्भौता गर्दै तत्कालिन बिद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आएको हो।
कोइरालाले संविधानसभा चुनावको नेतृत्व गर्दै राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा समेत नेतृत्वदायी भूमिका खेल्नुभएको थियो। कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो।

0 comments
तपाईंको प्रतिकृया