सिद्धार्थ साहित्य पुरस्कार डा. पराजुलीलाई
नरेश के सी भैरहवा , १९ असार । २०६९ सालको सिद्धार्थ साहित्य पुरस्कार साहित्यकार डा. मुरारी पराजुलीलाई प्रदान गरिने भएको छ ।परिषदको मंगलबार भैरहवामा सम्पन्न पुरस्कार मुल्यांकन समितीले पराजुलीलाई मुक्तक विषयकमा विद्यावारिधी गरेका , कविता समालोचना तर्फ कृर्ति प्रकासन समेत गरि साहित्यीक क्षेत्रमा अमुल्य योगदान पुर्याएबापत पुरस्कार दिन लागिएको समितीका संयोजका साहित्यकार डिल्लीराज भट्टाराईले जनाए ।
यहि असार २९ गते भानु जयन्तीका दिन भैरहवामा हुने साहित्यीक समारोहमा उक्त पुरस्कार प्रदान गरिने परिषदका सचिव तथा मुल्या.कन समितीका सदस्य रामबहादुर श्रेष्ठले जनाए । पुरस्कारको राशी नगद रु १० हजार, ताम्रपत्र तथा दोसल्ला रहेको छ । परिषदले ०५८ सालदेखी वार्षिक रुपमा साहित्यकारलाई पुरस्कृत गर्दै आएको छ । गत साल कथाकार विजय सागरले सो पुरस्कार पाउनुभएको थियो ।
त्यसैगरी परिषदद्धारा प्रदान गरिने सकला सिद्धार्थ वाङमय पुरस्कार प्रायाप्त कृर्ति प्राप्त नभएकोले अर्को सूचनाद्धारा कृर्ति माग गरि लक्ष्मी जयन्तिको दिन पुरस्कार प्रदान गरिने निर्णय भएको सचिव श्रेष्ठले जनाए ।

0 comments
तपाईंको प्रतिकृया