जनस्वास्थ प्रमुख श्रेष्ठलाई मन्त्रिपरिषद्ले कारबाहि गर्यो
नरेश के सी भैरहवा २० असार जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वर श्रेष्ठलाई प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयले कारबाहि गरेको छ ।कारबाहि स्वरुप मन्त्रिपरिषदको कार्यलयले यौनदुराचारी कार्यलय प्रमुखलाई तुरुन्त रुपन्देहीबाट अन्यत्र सरुवा गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशनात्मक पत्र लेखेको छ । प्रधानमन्त्रि तथा मन्त्रिपरिषद कार्यलयका उपसचिव गणेश बहादुर अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभागलाई पत्र लेख्दै रुपन्देहीको विवादास्पद यौनजन्य हिंसाको घटनाका सम्बन्धमा छानविन गर्न गठन भएको छानविन समितीको सिफारिसको आधारमा कार्यलय प्रमुख श्रेष्ठ र पब्लिक हेल्थ छैठौ तहकी मोहन तारा पछाइलाई तुरुन्त रुपन्देहीबाट अन्यत्र सरुवा गर्न निर्देशन दिएका छन् ।
यता यौनदुराचारी कार्यलय प्रमुखलाई कारबाहि भएपछि जनस्वाथ्यमा भइरहेको कर्मचारीको आन्दोलन केही मत्थर हुने देखिएको छ । यद्यपी कारबाहि कार्यन्वयन नभएसम्म आन्दोलन जारी रहने आन्दोलनरत अखिल नेपाल जनस्वास्थयकर्मी संघका जिल्ला अध्यक्ष दीपक ज्ञवालीले बताए । उनले भने “ मन्त्रिपरिषदको कार्यलयको निर्देशनात्मक पत्रलाई कार्यन्वयन गर्नुको साटो मन्त्रालय र स्थानिय तहमा प्रसासनले आलटाल गरिरहेको छ । दोषीलाई व्यवहारीक रुपमा कारबाहि भए हामी आन्दोलनको स्वरुप परिवर्तन गरिहाल्छौ । हाम्रो आन्दोलन दोषीलाई कारबाहि होस भन्ने मात्रै हो । ”
अखिल नेपाल जनस्वास्थयकर्मी सम्बद्ध कर्मचारीहरु विगत डेढ हप्तादेखी यौन दुराचारी कार्यलय प्रमुखलाई कारबाहिको माग गर्दै जिल्ला जनस्वास्थयको मुलद्धारमा धर्ना दिईरहेका छन् ।

0 comments
तपाईंको प्रतिकृया