कोइरालाबाट पार्टी सदस्यता बितरण
भरत शर्मा पाल्पा १ साउन – पाल्पाको मस्यामका दुई जना समाजसेवीले नेपाली कांग्रेसको पार्टी सदस्यता लिएका छन् । गाउँकै अगुवा दमबहादुर कार्की र कुलबहादुर खड्काले पार्टी सभापति सुशील कोइरालासंँगबाट सदस्यता लिएको जिल्ला सभापति बीरबहादुर रानाले बताउनुभयो ।दुवै जनालाई टिका लगाएर सदस्यता प्रदान गर्दै सभापति कोइरालाले आगामी मंसिरमा हुने निर्वाचनलाई सघाउन आग्रह गर्नुभएको जिल्ला सभापति रानाले बताउनुभयो । सोही कार्यक्रममा उपस्थित रहनुभएका केन्द्रीय सदस्य राजनप्रसाद पन्तले पाल्पा जिल्लामा कांग्रेसको संगठन बलियो हुँदै गएकाले गाउँ गाउँका अगुवाहरु प्रवेश गर्ने लहर चलेको बताउनुभयो । कार्यक्रममा राजमार्ग छेउमा पर्नेहरुले समेत पार्टी सभापति कोइरालालाई भेटेका थिए ।
कांग्रेस पाल्पाका प्रेस प्रमुख झपेन्द्र गहिरेले घरटहरा फाल्ने कुरालाई सभापति कोइरालाले निश्चित मापदण्ड बनाएर मात्र फालिने जानकारी गराएको बताउनुभयो । पाल्पाका केही व्यक्तिहरु घरटहरा फाल्ने विषयमा बिचार गर्नुपर्ने भन्दै पाल्पा जिल्लाका राजनीतिक दललाई लिएर सबै राजनीतिक दलका प्रमुखलाई भेट्न काठमाण्डौ गएका छन् ।

0 comments
तपाईंको प्रतिकृया