अबैध कुखुराका चल्ला नष्ट
कपिल ज्ञवाली बुटवल,८ साउन ईलाका प्रहरी कार्यालय धकधईले भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा करिव ३ लाख १० हजार रुपैया बराबरको ६ हजार २ सय कुखुराको चल्ला बरामद गरेको छ ।प्रहरी निरिक्षक हरि हमालको नेतृत्वमा खटिएको गोस्ती टोलीले भारतबाट भन्सार छली रुपन्देहीको बोदवारगाउ १ बिष्णुपुरा ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ । खुल्ला सीमानाका कारण रुपन्देहीको विभिन्न भागमा तस्करी तथा चल्लाहरुको अवैध कारोबार बढ्दै गईरहेको छ । खुल्ला सीमाको फाईदा उठाउदै तस्करहरु रुपन्देहीको अलग –अलग नाका प्रयोग गर्ने गरेको स्थानीयले बताएका छन् । मर्चवार क्षेत्रबाट सशस्त्र प्रहरीले ४ हजार ५ सय कुखुराको चल्ला बरामद भएको २ दिन नबित्दै रुपन्दहीकै पर्वी क्षेत्र धकधई ईलाकामा ठूलो परिमाणको चल्ला बरामद गरेको हो ।
बरामद गरिएको चल्लाहरु पशु क्वारेन्टाईन चेकपोष्ट बेलहियाका प्रतिनिधि,जनपद प्रहरी, पत्रकार र स्थानीयको रोहवरमा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहियाको प्राङ्कणमा नष्ट गरिएको छ ।

0 comments
तपाईंको प्रतिकृया