Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चार दलले मुलुकको अस्मिता गुमाउन चुनाबको प्रयोजन गरे: गुरुङ

बुटवल ३ श्रावण  नेकपा–माओबादीका केन्द्रिय सचिव देव गुरुङले मुलुकलाई सिक्किमीकरण गर्नका लागि निर्बाचन गर्न लागिएको भन्दै त्यसको सक्रिय बहिस्कार गरिने बताउनुभएको छ ।

 निर्दलीय सरकारले ४ दलको रोडम्याडमा देशको अस्मितालाई खतम गर्न निर्बाचन गर्ने प्रयास गरेको उहाले बताउनुभयो । उच्च स्तरीय राजनीतिक समितिले हिजो वार्ताको लागि पठाएको पत्रमा सर्त राखिएको भन्दै उहाले सर्त सहितको बार्ताको अर्थ नभएको बताउनुभयो । २५ बुदे बदर र निर्बाचन मिति खारेज गरिए मात्रै बार्तामा बस्न सकिने भन्दै उहाले यथास्थितिमा निर्बाचन र बार्ता हुनै नसक्ने बताउनुभयो । गुरुङले सरकारले वार्ताका लागि आफुहरुलाई औपचारिक रुपमा पत्र पठाउनु सकारात्मक भएपनि मंसिर ४ को चुनाव सम्पन्न गर्ने शर्त राखेकाले वार्ताको ढोका अझै नखुलेको तर्क गनुभयो ।

बिहीबार पार्टीको अवध राज्य स्तरीय प्रशिक्षणको बुटवलमा उद्घाटन गर्दै सचिव गुरुङले शर्तसहितको वार्ता आफ्नो पार्टीलाई स्वीकार्य नहुने जिकिर गर्नुभयो । गुरुङले निकासका लागि दुबै पक्षले शर्त नराखी वार्तामा बस्नुपर्नेमा जोड दिनुभयो । गुरुङले संविधान जारी नगरी पहिलो संविधानसभा विघटन गराइएको स्मरण गराउंदै दोस्रो संविधानसभाबाट पनि संविधान बन्ने ग्यारेन्टी नभएकाले चुनाव भन्दा राजनीतिक सहमति महत्वपुर्ण हुने बताउनुभयो ।

सबै शक्तिलाई सहमतिमा नल्याई गरिने चुनावले संविधान र निकास दुबै नदिने तर्क गर्दै गुरुङले यथास्थितिमा चुनाव गराइए आफुहरुले सशक्त वहिस्कार गर्ने बताउनुभयो । चार दलले चुनावको नाममा राष्ट्रियता र लोकतन्त्रलाई खत्तम बनाएको आरोप लगाउदै गुरुङले देशको राष्ट्रियता बचाउनका लागि पनि चुनाव असफल बनाउनुपर्ने जिकिर गर्नुभयो । संविधानसभाको चुनाव देशलाई निकास दिन भन्दा पनि विदेशीको दवावमा बचेखुचेको राष्ट्रियता र लोकतन्त्र समाप्त पारी सिक्किमीकरणका लागि चुनाव गर्न लागिएको उहको भनाइ छ ।

0 comments

तपाईंको प्रतिकृया