निर्बाचन हुनेमा शंका नगर्न देउवाको आग्रह
काठमाण्डौ १८ असार । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले तोकिएको मितिमा निर्वाचान हुने भएकाले दुबिधा नराख्न आग्रह गर्नुभएको छ।नेपाली कांग्रेसका पूर्वसभापति स्वार्गिय गिरिजाप्रसाद कोइरालाको ९०औं जन्मजयन्ती का अवसरमा आज राजधानीमा गरिएको कार्यक्रममा बोल्दै नेता देउवाले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनुभयो। नेता देउवाले गिरिजाप्रसाद कोइरालाला जिवित भएको भए मुलुकले संबिधान पाइसक्ने दाबी गर्नुभयो।
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले असन्तुष्ट दललाई निर्वाच्ानमा ल्याउने प्रयास भैरहेको जानकारी दिनुभयो। महामन्त्री सिटौलाले असन्तुष्ट दलहरु सहमतिमा नआएपनि निर्वाचनमा नरोकिने बताउनुभयो। कार्यक्रममा जनआन्दोलनका योद्धा केदारनाथ तिमिल्सिनालाई सम्मान गरिएको थियो।

0 comments
तपाईंको प्रतिकृया