Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कुनै शंका नगरी वार्तामा बस्न प्रचण्डद्दारा वैद्यलाई आग्रह

काठमाण्डौ ४ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई कुनै शंका नगरी वार्तामा बस्न आग्रह गर्नुभएको छ। आज विहान लाजिम्पाटस्थित प्रचण्ड निवास पुग्नु भएका अध्यक्ष वैद्यलाई वार्ताका लागि कुनै सर्त नाराखिएकाले शंका नगरी वार्तामा वस्न आग्रह गर्नुभएको हो।

उच्चस्तरीय राजनीतिक समितिको दोस्रो पटक संयोजकको जिम्मेवारी पाउनु भएका अध्यक्ष प्रचण्डले भेटमा सबै कुरा वार्तामै बसेर छलफल गर्न सकिने भन्दै वैद्यलाई आश्वास्त पार्न खोज्नु भएको थियो। मसिंर ४ गतेको निर्वाचन नसार्ने गरी वार्ता गर्न सकिने चार दलको तर्फबाट आएको प्रस्तावलाई वैद्यले पूर्वशर्त राखिएको भन्दै वार्तामा नबस्ने जवाफ दिनुभएको बताइएको छ।

अध्यक्ष वैद्यले आफू दुई दिनका लागि तराईका जिल्लामा जान लागेको र फर्केर आएपछि थप छलफल गर्ने बताउनुभएको प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डलाई उच्चस्तरीय राजनीतिक समितिको हिजोको बैठकले असन्तुष्ट दलहरुसंग वार्ता गर्ने जिम्मेवारी दिएको थियो।

0 comments

तपाईंको प्रतिकृया