स्वामीनारायण पत्रकारिता पुरस्कार ढकाललाई
कपिल ज्ञवाली बुटवल,७ साउन. बुटवल १४ नया“गाउ स्थित मुक्तिनाथधामले २०६९ सालको स्वामिनारायण उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार बिश्वास ढकाललाई प्रदान गरेको छ । पत्रकार ढकाल एभिन्यूज टेलिभिजन र बुटवल टुडेमा कार्यरत छन् ।गुरुपूर्णिमाको अबसरमा सोमबार आयोजित एक कार्यक्रममा ढकाललाई धामका प्रमुख संरक्षक स्वामि लोकानन्द,अध्यक्ष शक्ति प्रसाद सापकोटा तथा टंक प्रसाद पोखरेलले नगद २ हजार ५ सय सहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो । पत्रकारहरुको मनोबल उच्च राख्न र धामकोे प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै धामले बिगत ३ बर्षदेखि प्रत्येकबर्ष पत्रकारिता पुरस्कार बितरण गर्दै आईरहेको छ ।
सम्मान कार्यक्रममा प्रमुख संरक्षक स्वामि लोकानन्द,अध्यक्ष शक्ति प्रसाद सापकोटा ,टंक प्रसाद पोखरेल तथा कार्यक्रम संयोजक गोपाल पाण्डे लगायतले बोल्दै धामलाइ यस क्षेत्रकै सबैभन्दा ठूलो धार्मिक एवं पर्यटकिय स्थल बनाउने गुरुयोजना रहेको बताएका थिए । धामले स्थापना गरेको उक्त पुरस्कारबाट २०६७ सालमा कपिल ज्ञवाली र २०६८ सालमा लक्ष्मण पोखरेल सम्मानित भैसकेका छन् ।

0 comments
तपाईंको प्रतिकृया