आन्दोलनका सहयात्री दल मिल्नुको विकल्प छैन : रायमाझि
कपिल ज्ञवाली बुटवल,८ साउन एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले देशमा दुई किसिमको धाररहेको बताउनु भएको छ ।पश्चिम नेपाल वस व्यवसायी संघका पूर्व अध्यक्ष स्वर्गीय कलाधर न्यौपानेको स्मृतीसभा तथा रक्तदान कार्यक्रममा बोल्दै नेता रायमाझिले परिवर्तनलाई आत्मसाथ गर्ने र प्रतिक्रान्तीलाई मलजलगर्ने समर्थनगर्ने दुई खालका धार रहेको उल्लेख बताउनु भयो । नेता रायमाझीले आन्दोलनका सहयात्री दल मिल्नुको विकल्प नभएको बताउदै राजासंग सहकार्य गर्छु भन्नु प्रतिगामी चिन्तन भएको बताउनु दावी गर्नुभयो ।
उहाले राजासंग सहकार्य गर्छु भन्नेहरुले मुलुकलाई विघटन विसर्जनको बाटोमा हिडाउन खोजेको आरोप लगाउदै त्यसलाई सामान्य रुपमा लिन नहुने बताउनु भयो । रायमाझीले प्रतिक्रान्तीलाई असफल बनाउन १२ बुदे समझदारीका दल एक ढिक्का भएर अगाडि बढ्नु अहिलेको प्रमुख आवश्यरहेको बताउनुभयो ।
नेता रायमाझीले स्वर्गाीय कलाधर न्यौपानेको परिवारका तर्फबाट प्रकाशित अथक योद्वा नामक स्मृती पुस्तक विमोचन गर्नुभएको थियो । उक्त पुस्तकमा स्वर्गीय न्यौपानेको सामाजिक राजनीतीक र पारिवारिक जीवनका सन्दर्भमा सहयात्रीहरुका अनुभव र स्मरणलाई समेटीएको छ ।

0 comments
तपाईंको प्रतिकृया