माओवादीको चुनाव बहिस्कार
रेखिराम राना पाल्पा १० साउन । नेकपा–माओवादीले आसन्न मंसीरमा हुने चुनाव नेपाली जनताको हितमा नहुने भन्दै चुनाव बहिस्कार गर्ने घोषणा गरेको छ ।जिल्ला सदरमुकाम तानसेनमा बिहीबार एक कार्यक्रम गरेर माओवादीले चुनाव बहिस्कार गर्ने घोषणा गरेको हो । माओवादीका केन्द्रीय सदस्य वसन्त घर्तीमगरले चुनाव बहिस्कार गर्न आह्वान गरिएको पर्चा टाँस गरेर चुनावमा बहिस्कारको उद्घाटन गर्नुभयो । मुलुकमा निर्दलीय सरकार गठन गरेर चार दलले संसदीय गणतन्त्र असफल बनाएको घर्तीमगरले दावी गर्नुभयो । चार दलले लोकतान्त्रिक गणतन्त्र र संसदीय गणतन्त्र सिध्याएको बताउँदै उहाँले जनवादी गणतन्त्रले मात्र मुलुकको नेतृत्व गर्न सक्ने दावी गर्नुभयो ।
मुलुकलाई सिक्किम बनाउने चुनाव आफ्नो दलले हुन नदिने र चुनावको पक्षमा लाग्ने दलाल तथा चाकडीबाजलाई कारबाही गर्ने माओवादीले चेतावनी दिएको छ । चुनाव बहिस्कार र असफल बनाउन माओवादीले एक सय १७ निर्वाचन बुथमा बुथ कमिटि, इलाका कमिटि बनाइएको माओवादीले सार्वजनिक गरेको छ । चुनाव बहिस्कार गरौँ, भन्ने नारासहित शित्तलपाटीबाट निस्केको जुलुस तानसेनको आन्दोलनचोकमा गएर घोषणासभामा परिणत भएको थियो ।
कार्यक्रममा पूर्व सभासद् लीलाकुमारी सोमै, माओवादी पाल्पाका इन्चार्ज धिरज राना, सहइन्चार्ज गीरबहादुर थापाले मुलुकको राष्ट्रियता संकटमा परेको भन्दै यसलाई जोगाउन सबै नेपाली एक हुनुपर्ने धारणा राख्नुभएको थियो । फोटो पनि छ । क्याप्सन ः बिहीबार माओवादीले आयोजना गरेको चुनाव बहिस्कार ¥यालीमा सहभागी माओवादी कार्यकर्ता ।

0 comments
तपाईंको प्रतिकृया